बारा । बारामा दिनप्रतिदिन दुर्घटनाको घटना बढदै गएपछि ट्राफिक प्रहरीले सचेतना फैलाउँदै गएका छन्।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जिल्ला भरि नै सचेतना फैलाउने किसिमले गाडीको पछाडि टल्किने स्टीकर साट्ने काम गरिरहेका छन्।
बाराको कलैया उपमहानगरपालिकाको सिसहनियामा छड लोड गरेको ट्रेक्टरमा पछाडिबाट अाएको मोटरसाइकल चालकले ठोकिँदा घटना स्थलमा मृत्युको घटनाले ट्राफिक प्रहरीले बारामा चेकजाँच बढाउनुको साथै सचेतना फैलाउँदै गएको जिल्ला ट्राफिक कार्यालय बाराका प्रमुख एवम् प्रहरी निरीक्षक सुरेश ठाकुरले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।निजगढमा मात्र नभई जिल्ला भरि ट्राफिक युनिटहरुमा गाडीको पछाडि स्टीकर साट्न निर्देशन दिएको कार्यालय प्रमुख ठाकुरले बताउनुभयो।
महेन्द्र राजमार्ग देखि लिएर ग्रामीण भेगको सडकमा दिनप्रतिदिन दुर्घटना बढदै गएको प्रति ट्राफिक प्रहरीले नयाँ रणनीतिको साथ काम गर्दै गर्नुको साथै केही ठाउँमा ट्राफिक प्रहरीको युनिट राख्ने प्रयास भईरहेको कार्यालय प्रमुख ठाकुरले बताउनुभयो।
बाराको १६ पालिकाको विभिन्न ठाउँमा ट्राफिक प्रहरीले सेवा दिदै अाएको भएपनि ट्राफिक प्रहरी अाँखा छल्ने किसिमले गाडी कुदाँउदा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालय बाराको तथ्यांकले देखाएको कार्यालयले जानकारी दिएका छन्।जनता स्वयम् जागरुक नभए दुर्घटना कम नहुने पनि जिल्ला ट्राफिक कार्यालय बाराले जानकारी दिएका छन्।