Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कस्तो रह्यो यो साता सुनको मूल्य?

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १६,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।  यो साता पनि नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव देखिएको छ। साताको पहिलो दिन तोलामा ९०० रुपैयाँ घटेर १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको सुनको भाउ घटबढ हुँदै शुक्रबार १ लाख ९ हजार १०० रुपैयाँ तोकियो। अर्थात् समग्रमा साताभर सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको छ।

सातामा सुनको भाउ सबैभन्दा बढी हुँदा तोलाको १ लाख ९ हजार ७०० रुपैयाँ कायम भयो भने सबैभन्दा कम हुँदा तोलाको १ लाख ९ हजार १०० तोकियो।

साताको पहिलो दिन घटेको सुनको भाउले दोस्रो दिन पनि निरन्तरता पायो। उक्त दिन सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर १ लाख ९ हजार १०० रुपैयाँ कायम भयो।

मंगलबार भने सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेर १ लाख ९ हजार ५०० रुपैयाँ तोकियो। त्यसको भोलिपल्ट (बुधबार) पनि सुनको भाउमा वृद्धि रोकिएन। उक्त दिन सुनको भाउ तोलामा २०० रुपैयाँ बढ्दा १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भयो।

बिहीबार भने सुनको भाउ तोलामा १०० रुपैयाँ घटेर १ लाख ९ हजार ६०० रुपैयाँ कायम भयो। सुनको भाउ घट्ने क्रम शुक्रवार पनि कायमै रह्यो। उक्त दिन सुनको भाउ तोलामा ५०० रुपैयाँ घट्यो।

सुनचाँदी व्यवसायी महासंघले शनिवार सुनचाँदीको मूल्य तोक्ने गरेको छैन। उक्त दिन शुक्रबारकै मूल्यमा सुनचाँदीको कारोबार हुने गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८० बैशाख १६,शनिबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० बैशाख १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद