वीरगंज । सुरक्षित वैदेशिक रोजगार सम्बन्धि जनप्रतिनिधिहरु संग एक दिने अन्र्तक्रिाया कार्यक्रम सम्पन्न भएको छ । बिहिबार वीरगंज स्थित रोयल पार्टी प्यालेशमा वीरगंज महानगरका निर्वाचित वडा अध्यक्ष बिच सो अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
दिब्य बिकास श्रोत केन्द्र पर्साका अध्यक्ष उमेश प्र।चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानुले सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेका थिए ।
यसैगरी वडा नम्बर २०का वडा अध्यक्ष रामकिसोर सिंह परागले श्रम स्वीकृत लिएर र सीप सिकेर मात्र बिदेश जान आग्रह गरे । उनले नियम संगत वैदेशिक रोजगारमा गए दुर्घटनामा परे क्षतिपुर्ति लिन सजिलो हुने तथा ठगिने सम्भावना न्युन हुने बताए ।
अन्तरक्रिया कार्यक्रममा दिब्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक रामाकान्त पटेलले कार्यक्रमबारे प्रष्ट पारेका थिए भने कार्यक्रमा स्वागत मनतब्य बितिय साक्षरता सहजकर्ता सुनिल कुमारले गर्नु भएको थियो ।
कार्यक्रमको उदेश्य माथि कार्यक्रम संयोजक रामाशंकर कुशवहाले गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण बितिय साक्षरता सहजकर्ता कोपिला चौलागाईंले गरेकी थिइन् ।कार्यक्रममा पत्रकार जगत राई ,वडा अध्यक्ष वैजु स्वर्णकार लगायतकाले धारणा राखेका थिए ।