वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले बारा- २ उपनिर्वाचनको मतगणनाको प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन् ।
बारा- २ स्थित सुवर्ण गाउँपालिकाका ४ वटा बाकसमा सिल टुटेको भन्दै उनले मतगणनाको लाइभ गर्न माग गरेका हुन्।
अध्यक्ष राउतले सामाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘बारा-२ मा मतगणना स्थलको लाइभ हुनुपर्छ। सप्तरी-२ मा हामीले भोगिसकेका छौं, हार्न लागेपछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेको थियो। प्रहरी प्रमुखको मिलेमतो थियो ।
बारा- २ मा सुवर्ण गाउँपालिकाका ४ वटा बाकसको सिल टुटेको भेटिएको छ। आइतबार बारा- २, चितवन २ र तनहुँ- १ मा उपनिर्वाचन भएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस