Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जका मेयर सिंह नगरवासीको घरदैलोमा, वीरगञ्जको विकासका लागि साथ दिन आग्रह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १,शुक्रबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज १ पुस । वीरगंज बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडकखण्डमा भइरहेको जथाभावी पार्किङ हटाउन महानगरले चेतावनी दिएको छ ।

महानगरका मेयर राजेशमान सिंहसहितको टोलीले शुक्रबार बिहान उक्त सडक खण्डको स्थलगत अवलोकन गर्दै सडकमै पार्किङ गरिएको र निर्माण सामग्री राखेर आउजाउ गर्नै समस्या बनाएको भेटेपछि तत्काल हटाउन चेतावनी दिइएको हो ।

सडकमा जथाभावी पार्किङ गर्ने र निर्माण सामग्री असरल्ल पारेर राख्दा आउजाउमा समस्या हुनुका साथै दुर्घटना हुन सक्ने भएकाले हटाउन लगाइएको हो ।

आज हटाउन चेतावनी दिएर आइएको र भोलीदेखि हटाएको नभेटिए महानगर आफैले हटाउने छ ।

सहायक बाइपाससँगै बाइपास सडक खण्डमा अहिले ठूला सवारी साधन बस, ट्रक जस्ता सवारी जथाभावी पार्किङ गर्ने गरेको भेटिने गरेको छ ।

यस्तै मेयर सिंहसहितको टोलीले वडा नम्वर ४ विर्तामा लाग्ने माछा बजारका कारण उक्त क्षेत्र दुर्गन्धित हुन पुगेको भन्दै जथाभावी फोहोर नफाल्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।

फोहोर तत्काल व्यवस्थापन गर्दै माछा बजार संचालन गर्न सचेत गराइएको मेयरका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।

टोलीले वडा नम्वर ५ र ३ का विभिन्न स्थानको अवलोकन गर्दै त्यहाँका स्थानीयसँग छलफल पनि गरेको छ । भेटका क्रममा मेयर सिंहले वीरगञ्जको विकासका लागि आ–आफ्नो ठाउँबाट साथ दिन अनुरोध गरेकावीरगञ्जका मेयर सिंह नगरवासीको घरदैलोमा, वीरगञ्जको विकासका लागि सा थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष १,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद