Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वैभव वीरगञ्जका लागि भाषा, संस्कृतिको जगेर्ना आवश्यक छ : मेयर सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १७,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।। वीरगञ्जमा २ दिने कार्यशाला सुरु भएको छ । साहित्यिक चौतारी नेपालले दसौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको पाठ्यक्रम विमर्श तथा भाषा साहित्य प्रशिक्षण कार्यक्रम बिहिवारदेखि सुरु भएको हो ।

वीरगञ्जको विर्तास्थित त्रिजुद्ध महाविर प्रसाद रघुविर राम माद्यामिक विद्यालयको सभाकक्षमा सुरु भएको कार्यक्रमको उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै महानगर प्रमुख सिंहले भाषा र संस्कृतिको विकास पनि बैभव वीरगञ्जका लागि अपरिहार्य रहेको बताए ।

वीरगञ्ज महानगरको सर्वाङ्गिन विकासका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार जस्तै भाषा, साहित्य तथा संस्कृतिको पनि महत्वपूर्ण भूमिका रहेको महानगर प्रमुख सिंहको भनाई छ । उनले भने, ‘विद्यार्थीलाई भाषा र संस्कारसँगै संस्कृति पनि सिकाउन जरुरी छ, यो कुरामा शिक्षकसँगै अभिभावकले पनि ध्यान दिन आवश्यक छ । ज्ञानले धेरै जानेर पनि संस्कार छैन भने ऊ अज्ञानी कहलाउँछ । त्यसैले शिक्षासँगै संस्कार सिकाउनुपर्छ ।’

साहित्यिक चौतारी नेपालका बरिष्ठ सल्लाहकार प्राध्यापक डा. देबी नेपालले भाषा तथा साहित्यको जगेर्नामा वीरगञ्ज महानगरले गरीरहेका प्रयासको प्रसंशा गरे । भोजपुरी भाषाको बाहुल्यता रहेको क्षेत्रमा नेपाली भाषा तथा साहित्य पढाउन चुनौतीपूर्ण भएपनि महानगरको ढाडसले सहज भएको उनको भनाई छ । शिक्षक शिक्षिकाहरुले सिकाईको क्रमलाई निरन्तरता दिँदै साहित्य, भाषा तथा कलासँग विद्यार्थीलाई नजिक गराउनुपर्नेमा पूर्व प्राज्ञ सदस्यसमेत रहेका उनको जोड थियो ।

कार्यक्रममा नारायणी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा. बिशम्भर शर्मा, लक्ष्मी साहित्य समाज पर्साका अध्यक्ष एवम् पत्रकार महेशचन्द्र गौतम, राजधानी दैनक मधेश प्रदेश प्रमुख तुलसी भण्डारी, ह्वीन पर्साका अध्यक्ष आनन्द थामी लगायतले भाषा तथा साहित्यको संरक्षण तथा प्रवद्र्धनका बारेमा आफ्नो धारणा राखेका थिए ।

 

भाषा, साहित्यसँगै सामाजिक कार्यमा पनि सक्रिय रहेको साहित्यिक चौतारी नेपालले वीरगञ्ज महानगरका सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरुको क्षमता अभिवृद्धिका लागि कार्यशालाको आयोजना गरेको अध्यक्ष गीता भण्डारीले बताइन् । उनकाअनुसार २ दिने कार्यशालामा नेपाली भाषा तथा साहित्यसँगै विद्यार्थीलाई अध्यापन गराउँदाका चुनौती लगायतका बारेमा प्रशिक्षण दिइनेछ ।

२ दिनसम्म चल्ने कार्यशालामा देबी नेपालसँगै पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले प्रशिक्षण दिइरहेका छन् । कार्यशालामा वीरगञ्ज महानगर भित्रका २५ वटा सामुदायिक विद्यालयका ५० जना शिक्षकशिक्षिकाको सहभागिता रहेको छ ।

साहित्यिक चौतारी नेपालकी केन्द्रीय कोषाध्यक्ष कमला भण्डारी ढकालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण चौतारीका महासचिव रामप्रसाद सुवेदीले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० फाल्गुन १७,बिहीबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० फाल्गुन १७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद