वीरगञ्ज । दशैको शुभ उपलक्षयमा शुभकामना सहित यस संस्थाले आज बिरगंजको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगञ्ज -८ बाट बिहान १० बजे देखी बेलूका ५ बजे सम्म गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले बडादसै ,दिपावली एवं छठपर्वको अवसरमा बिहिवार वीरगञ्जको घण्टाघरमा सर्वसाधारण लाई १४०० थान कपड़ा वितरण गरेको हो ।
संस्थाका अध्यक्ष लालबाबू सिंहको अध्यक्षता मा भएको सो कार्यक्रममा संस्थाका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष पत्रकार युवराज खडका,प्रेस चौतारी नेपाल पर्साका सचिव पत्रकार राजेन्द्र सिंह ,नेपाल जनजाती पत्रकार महासंघ पर्साका अध्यक्ष पत्रकार अजित भुजेल, सामुदायिक प्रहरी कुम्हालटोलका अध्यक्ष रमेश चौधरी, छपकैया का अध्यक्ष ग्यासुदिन ठकुराइ,अभिभावक संघका वीरगन्जका अध्यक्ष सन्दिप साह, एन्युज टेलिभिजनका पत्रकार राज सराफ , जिल्ला ट्राफिक प्रहरी पर्साका प्रहरी सहायक निरीक्षक रामसुन्दर आर्य,घण्टाघर प्रहरी पोष्टका प्रमुख असई कृष्ण नन्दन ठाकुर लगायत संस्थाका उपाध्यक्ष मोनिका सिंह,सदस्य हरेंद्र पटेल,संजय मंडल, शोभा देवी,सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, निवर्तमान अध्यक्ष रंभा मिश्रा,ओमप्रकाश सराफ, लगायत को सहभागिता रहेकों सचिव कन्हैया पटेलले बताए ।




