Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

शिक्षा, स्वास्थ्य प्राथमिकतामा : पर्सागढीका नगरप्रमुख पाठक

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २०,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२० असोज । पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले शिक्षा र स्वास्थ्यमा आफू निर्वाचित भएपछि निकै सुधार आएको दाबी गरेका छन् । उनले पर्सागढी नपामा ३० वटा सामुदायिक विद्यालय रहेकामा चारवटा मावि र २६ वटा आधारभूत विद्यालय तथा एउटा क्याम्पस रहेको बताए ।

उनले जनताको चन्दा, सहयोगबाट वडा नं ३ बडनिहारमा आमोदेवी क्याम्पस सञ्चालनमा रहेको र त्यहाँ नपाले सक्दो सहयोग गरेको बताए । विद्यालयहरूको हकमा अहिले शिक्ष्Fक अभावमा पठनपाठन प्रभावित नभएको र त्यसका लागि आफूले एक वर्षमा ४६ जना शिक्षकलाई स्वयंसेवक, सङ्घीय अनुदान र आन्तरिक स्रोतमा बहाल गरेको बताए । उनले यसअघि सामुदायिक विद्यालयहरूमा दरबन्दी, राहत, स्वयंसेवक र आन्तरिक स्रोतका शिक्षकहरू खट्दै आएका र उनीहरूको सङ्ख्या पर्याप्त नरहेका कारण आफू निर्वाचित भएको एक वर्षमा ४६ जना शिक्ष्Fक राखेर पठनपाठनको समस्या समाधान गरेको बताए ।

अहिले शिक्षक अभावमा पर्सागढीका सामुदायिक विद्यालयहरूमा पठनपाठन प्रभावित नभएको बताए । यसैगरी, नपामा पाँचवटा स्वास्थ्य संस्था र चारवटा आधारभूत स्वास्थ्य रहेको र त्यसको उचित व्यवस्थापन हुँदै आएको उनले बताए । उनले नगरवासीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर आवश्यक रगत निश्शुल्क पाउने व्यवस्था गरेको र सो प्रयोजनको लागि रेडक्रससँग सम्झौता भएको उनले बताए । नगर अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको, तत्काल घुम्ती भिडियो एक्स–रे सेवा सञ्चालनमा ल्याएको र प्रयोगशालालाई पनि व्यवस्थित गरिएको उनले बताए । पर्सागढी नपाले शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राखेको र त्यसको अलावा पर्यटन, भौतिक संरचना निर्माणमा पनि काम गर्दै आएको नगरप्रमुख पाठकले बताए ।

ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र कोइलाभार, आमोदेवीलगायत तीनवटा पर्यटन क्षेत्रमा नगरपालिकाले काम गर्दै आएको बताए । उनले पाँचवटा कल्भर्ट निर्माण कार्य भइरहेको, दुईवटा चालू भइसकेको, एउटा उद्घाटनको पर्खाइमा रहेको र दुईवटा टेन्डरबाट निर्माण प्रक्रियामा रहेको बताए । नगरप्रमुख पाठकले नगरका नौवटा वडामध्ये छ ठाउँमा कालोपत्र सडक निर्माण भइरहेको बताए । सातवटा विद्यालयको भवन निर्माणाधीन रहेको उनले बताए । सभार : शोध खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० आश्विन २०,शनिबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० आश्विन २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद