Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

शिक्षा, स्वास्थ्य प्राथमिकतामा : पर्सागढीका नगरप्रमुख पाठक

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २०,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२० असोज । पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले शिक्षा र स्वास्थ्यमा आफू निर्वाचित भएपछि निकै सुधार आएको दाबी गरेका छन् । उनले पर्सागढी नपामा ३० वटा सामुदायिक विद्यालय रहेकामा चारवटा मावि र २६ वटा आधारभूत विद्यालय तथा एउटा क्याम्पस रहेको बताए ।

उनले जनताको चन्दा, सहयोगबाट वडा नं ३ बडनिहारमा आमोदेवी क्याम्पस सञ्चालनमा रहेको र त्यहाँ नपाले सक्दो सहयोग गरेको बताए । विद्यालयहरूको हकमा अहिले शिक्ष्Fक अभावमा पठनपाठन प्रभावित नभएको र त्यसका लागि आफूले एक वर्षमा ४६ जना शिक्षकलाई स्वयंसेवक, सङ्घीय अनुदान र आन्तरिक स्रोतमा बहाल गरेको बताए । उनले यसअघि सामुदायिक विद्यालयहरूमा दरबन्दी, राहत, स्वयंसेवक र आन्तरिक स्रोतका शिक्षकहरू खट्दै आएका र उनीहरूको सङ्ख्या पर्याप्त नरहेका कारण आफू निर्वाचित भएको एक वर्षमा ४६ जना शिक्ष्Fक राखेर पठनपाठनको समस्या समाधान गरेको बताए ।

अहिले शिक्षक अभावमा पर्सागढीका सामुदायिक विद्यालयहरूमा पठनपाठन प्रभावित नभएको बताए । यसैगरी, नपामा पाँचवटा स्वास्थ्य संस्था र चारवटा आधारभूत स्वास्थ्य रहेको र त्यसको उचित व्यवस्थापन हुँदै आएको उनले बताए । उनले नगरवासीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर आवश्यक रगत निश्शुल्क पाउने व्यवस्था गरेको र सो प्रयोजनको लागि रेडक्रससँग सम्झौता भएको उनले बताए । नगर अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको, तत्काल घुम्ती भिडियो एक्स–रे सेवा सञ्चालनमा ल्याएको र प्रयोगशालालाई पनि व्यवस्थित गरिएको उनले बताए । पर्सागढी नपाले शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राखेको र त्यसको अलावा पर्यटन, भौतिक संरचना निर्माणमा पनि काम गर्दै आएको नगरप्रमुख पाठकले बताए ।

ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र कोइलाभार, आमोदेवीलगायत तीनवटा पर्यटन क्षेत्रमा नगरपालिकाले काम गर्दै आएको बताए । उनले पाँचवटा कल्भर्ट निर्माण कार्य भइरहेको, दुईवटा चालू भइसकेको, एउटा उद्घाटनको पर्खाइमा रहेको र दुईवटा टेन्डरबाट निर्माण प्रक्रियामा रहेको बताए । नगरप्रमुख पाठकले नगरका नौवटा वडामध्ये छ ठाउँमा कालोपत्र सडक निर्माण भइरहेको बताए । सातवटा विद्यालयको भवन निर्माणाधीन रहेको उनले बताए । सभार : शोध खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० आश्विन २०,शनिबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० आश्विन २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद