Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिरामीसंग गर्ने व्यवहारमा सुधार ल्याउन चिकित्सक र स्वास्थ्यकर्मीलाई मेयर सिंहको सुझाव

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १३,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,१३ असाेज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उपचारका लागि आउने बिरामीसंग गर्ने व्यवहारमा सुधार ल्याउन नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई सुझाव दिएका छन् ।

वीरगंजस्थित नारायणी अस्पतालकाे स्थापनााकाे १३१ वर्ष पुरा भएकाे उपलक्ष्यमा शनिबार आयाेजित प्रथम वार्षिकाेत्सव समाराेहलाई सम्बाेधन गर्दै मेयर सिंहले यस्ताे सुझाव दिएका हुन् ।

कार्यक्रममा सहभागी चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई इंगीत गर्दै मेयर सिंहले भने,`आज स्वास्थ्यमन्त्री ज्यु आएका बेला तपाई सबै जना एप्राेन लगाएर चिटिक्क भएर आउनु भएकाे छ । तर बिरामीलाई सेवा दिने बेला तपाईंहरुकाे व्यवहार अलग हुन्छ । त्यसकारण मन्त्री ज्यु आउँदा जसरी चिटिक्क परेर आउनु भएकाे छ । त्यसरी नै बिरामीको उपचार गर्दा   र सेवा दिदाँ तपाईहरुकाे व्यवहारपनि त्यस्तै सुमधुर र बिरामीमैत्री हाेस् भन्ने चाहन्छु ।’

मेयर सिंहले नारायणी अस्पतालमा सरकारले निर्माण गर्ने निर्णय गरेकाे ५ सय शैयाकाे भवनकाे विषयमा  अदालतमा विचाराधीन  मुद्दालाई छिट्टै टुंगो लगाउन कार्यक्रममा सहभागी स्वास्थ्यमन्त्री माेहन बहादुर बस्नेतसंग आग्रह गरे ।

 

उनले नारायणी अस्पतालमै मृगाैला प्रत्याराेपण( किड्नी ट्रान्सप्लाण्ट) सेवा सञ्चालनका लागि मन्त्री बस्नेतसंग अनुराेध गर्दै त्यसका लागि आवश्यक भवन निर्माण वीरगञ्ज महानगरपालिकाले गरिदिने प्रतिबद्धता पनि जनाए ।

उनले नारायणी अस्पतालमा रहेका कमीकमजोरी सुधार्न सबै जना एकजुट भएर लाग्न आवश्यक भएकाेपनि बताए ।

कार्यक्रममा अस्पताललाई सहयाेग गरेको भन्दै मेयर सिंहलाई दाेसल्ला र कदरपत्रले सम्मानित पनि गरिएको थियाे ।

अस्पतालका निमित्त मेसु डा. चितरञ्जन साहकाे अध्यक्षता तथा स्वास्थ्यमन्त्री बस्नेतकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा मधेसका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह, प्रतिनिधिसभा सदस्यहरु प्रदीप यादव, अजय चाैरसिया, प्रभु हजरा, वीणा जयसवाल , प्रदेशसभा सदस्यहरु जनार्दन सिंह क्षेत्री , श्याम पटेल लगायतकाे सहभागीता थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० आश्विन १३,शनिबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० आश्विन १३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद