वीरगञ्ज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ को आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत “राष्ट्रिय बाल दिवस” को उपलक्ष्यमा जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं. २ स्थित आईडियल एकेडेमीका बिधार्थीहरुलाई बाल अधिकार सम्बन्धि जनचेतना मुलक पर्चा पम्पलेट बितरण तथा जिङगल बजाई कार्यक्रम सम्पन्न गरेको थियो ।
सो कार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैयाका वरिष्ठ उपाध्यक्ष म. अब्दुल हकको अध्यक्षतामा तथा वडा समिति कार्यालय बडा नं.२ का बडा सदस्य वसिर मिया हजामको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्र.स.नि.श्री रन्जित कुमार ठाकुर,प्र.स.ह विनम कुमार सिंह , सामुदायिक सेवा केन्द्रका सचिव प्रबिण बिक्रम शाह , सदस्य अजित कुमार भुजेल , अब्दुल कैश , आईडियल एकेडेमीका प्रधानाध्यापक बिकाश राई, शिक्षक सुनिल कुमार साह , बिधार्थीहरु साहिद अली, श्यामसुन्दर गुप्ता, गुनगुन गुप्ता, फरहान हुसैन, फारिया खातुन, अबिना खातुन, म.रिजवान लगायत सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ , प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल र प्रहरी जवान दिपेन्द्र कुमार यादवको समेत उपस्थित रहेको थियो ।



