Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

त्रिशूलीमा बस दुर्घटना : ९ जनाको मृत्यु, उद्दार जारी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ६,बुधबार
A A
3
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको सदरमुकाम बेनी जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको छ । प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ८ जना बढी घाइतेको उद्दार गरिएको छ।

घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीका अनुसार दुर्घटनामा ९ जनाको शव भेटिएको हो। उनले भने,’ दुर्घटनास्थलबाट घाइतेको उद्दार र शव संकलन कार्य जारी छ। घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ।’

म्याग्दी कोरला यातयातको बस बिहान सवा ११ बजे नदीमा खसेको हो। दुर्घटनामा ठूलो संख्यामा यात्रुहरू हताहत भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा सुरक्षाकर्मीसहित सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ। दुर्घटनाका घाइतेहरूको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

उपचार संभव नभएका घाइतेलाई काठमाडौं रिफर गरिएको छ। सभार :अन्नपूर्ण पोस्ट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० भाद्र ६,बुधबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० भाद्र ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद