Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मुलुकभर ९२ प्रतिशत धान रोपाइँ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ६,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । यस वर्ष भदौ लाग्दासम्म धान रोपाइँ लगभग अन्तिम चरणमा पुग्न लागेको छ। भदौको सुरुवातमा देशभर ९२ प्रतिशत धान रोपाइँ भएको छ।

मुलुकभर धान रोपाइँ पूरा नभइसके पनि स्थिति उत्साहजनक देखिन्छ। गत वर्षको सोही अवधि ९५ प्रतिशत धान रोपाइँ भइसकेको थियो। यसपटक मनसुन ढिलाइ हुँदा पनि धान रोपाइँ केही कम हुन गएको हो। अधिकांश जिल्लामा गोरुमा लम्पी स्किन रोगका कारण जोत्न समस्या भएकाले पनि रोपाइँ प्रभावित बनेको देखिन्छ।

मन्त्रालयको तथ्यांकअनुसार प्रदेशअनुसार हालसम्म सबैभन्दा बढी अर्थात् अन्तिम चरणमा कर्णाली र सुदूरपश्चिममा रोपाइँ भएको छ। यी दुवै प्रदेशमा करिब ९९-९९ प्रतिशत रोपाइँ भइसकेको छ। अझ गत वर्ष सोही अवधिमा कर्णालीको ९९ प्रतिशत र सुदूरपश्चिमको शतप्रतिशत रोपाइँ सकिएको थियो। अहिलेसम्म सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको छ। गत वर्ष ९३ प्रतिशत रोपाइँ भइसकेको हालसम्म ८२ प्रतिशत मात्रै भएको छ।

कृषि विभागका अनुसार देशभर खेती भइरहेको जमिन २५ लाख २५ हजार हेक्टर छ। कृषि विभागवाट प्रदेशसँगको समन्वयमा तयार गरिएको विभिन्न प्रदेशको तथ्यांकअनुसार वर्षे धान १४ लाख ८८ हजार हेक्टरमा लगाउन योग्य छ। यसैलाई आधारमान्दा कुल जमिनमध्ये १३ लाख ७५ हजार १ सय ३४ हेक्टर क्षेत्रफलमा भने धान रोपाइँ भइसकेको छ। विशेषगरी मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी देखिएको कृषि तथा पशशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता डा. तपेन्द्रप्रसाद बोहरा बताउँछन्। ‘विस्तारै मनसुन सक्रिय भइरहेको तथा रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा धान रोपाइँ हुने प्रतिशत क्रमशः बढ्दै गएको छ,’ उनले भने। यससँगै सरकारले यसपटक धानको समर्थन मूल्य पनि राम्रो तोकिदिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकिसकेको हो। मन्त्रालयका अनुसार मोटा धानको प्रतिक्विन्टल ३ हजार १ सय ९८ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपैयाँ मूल्य निर्धारण भएको छ।

नेपालमा धान उत्पादन वृद्धिले भारतको आयात कम हुनेछ। भारतले पटकपटक धान चामलमा रोक लगाइरहँदा पछिल्लो पटक आयात केही खुम्चिएको छ। आर्थिक वर्ष २०७९-८० मा भारतबाट चामल आयात ३४ अर्ब रुपैयाँबराबरको भएको छ। जबकि अघिल्ला आर्थिक वर्ष २०७७-७८ मा ५० अर्ब ४७ करोड ८२ लाख रुपैयाँबराबरको आयात भएको थियो।

मुलुकभर समग्र कृषि बालीको क्षेत्रफलमा धान बालीको क्षेत्रफल सबैभन्दा धेरै ३०.२ प्रतिशत छ। तर धान बालीको उत्पादनको प्रवृत्ति भने विगत १० वर्षको तथ्यांक विश्लेषण गर्दा समग्रमा धान बालीको उत्पादकत्वमा सामान्य वृद्धि भएको देखिन्छ।

आर्थिक वर्ष २०७७-७८ मा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीबाट ५६ लाख २२ हजार टन उत्पादन भएको थियो। सो वर्ष धान बालीको उत्पादकत्व ३.८ प्रतिशतमा सीमित रह्यो। आव २०७८-७९ मा १४ लाख ७७ हेक्टरमा धान रोपाइँ हुँदा ५१ लाख ३० हजार टनमात्रै उत्पादन भएको थियो। सो आवमा उत्पादकत्व ३.५ प्रतिशतमा सीमित रह्यो। सभार : अन्नपूर्ण पोस्ट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० भाद्र ६,बुधबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० भाद्र ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद