Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कावेरी एकेडेमीको प्रथम अलङ्करण समारोह सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ३२,बिहीबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जस्थित नेपाल कावेरी एकेडेमीको प्रथम अलङ्करण समारोह सम्पन्न भएको छ ।

विद्यालयको विभिन्न पदमा नियुक्त भएका विद्यार्थीहरूलाई अलङ्करण गर्ने उद्देश्यका साथ आयोजित प्रथम अलङ्करण समारोह बुधवार सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाले विद्यार्थीहरूलाई समारोहमा अलङ्करण गरेका थिए ।

आगामी शैक्षिक सत्रका लागि नियुक्त विद्यालयका कप्तान, उप-कप्तान, खेलकुद कप्तान, अनुशासन, भाषा तथा हाउसका कप्तानहरूलाई एसपी थपलियाले अलङ्करण गरेको प्रधानाध्यापक विशाल साहुले जानकारी दिए ।

अलङ्करण पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै एसपी थपलियाले सानै उमेरमा विद्यालय व्यवस्थापनसँग सम्बन्धित विभिन्न जिम्मेवारी पाउँदा उनीहरूको नेतृत्व विकासमा ठूलो सहयोग हुने बताए । भविष्यमा देशको नेतृत्व गर्ने विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अन्य विद्यालयहरूले पनि यस्ता गतिविधिलाई प्राथमिकता दिनुपर्नेमा उनले बताए । उनले कडा परिश्रम गर्ने विद्यार्थीहरू जीवनमा कहिल्यै असफल नहुने बताए । ‘सफलताको सूत्र भनेकै बुद्धिको प्रयोग गर्दै इमानदारितापूर्वक कडा परिश्रम गर्नु हो,’ उनले भने ।

त्यस्तै शिक्षाविद् एवम् राजनीतिज्ञ डा. सुष्मा तिवारीले विद्यार्थीलाई उनीहरूले प्राप्त गरेको जिम्मेवारीका बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा विद्यालयका निर्देशकहरू श्याम तुल्स्यान, सविता तुल्स्यान र आयुशी तुल्स्यान लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० श्रावण ३२,बिहीबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० श्रावण ३२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद