काठमाडौं । साताको चौथो दिन सुनचाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएको छ।
यस्तै तेजाबी सुनको मूल्य बुधबार १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार हुनेछ। उता चाँदीको मूल्य पनि मंगलबारको तुलनामा तोलामा पाँच रुपैयाँ घटेको छ।
बुधबार चाँदी तोलको १ हजार ३७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस