Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

डोकैला बहुअरीमा नवनिर्मित आठ कोठे विद्यालय भवनको सर्राफले गरे उद्घाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २९,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुअरीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा नवनिर्मित ८ कोठे भवनको सोमबार उद्घाटन गरिएको छ ।जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन (अजय) साह सर्राफले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । त्यसअवसरमा बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेलीकोपनि उपस्थिती थियो ।

गत आर्थिक वर्ष २०७९/८०मा जिल्ला समन्वय समिति पर्साले उपलब्ध गराएको ५५ लाख र बहुदरमाई नगरपालिकाकाको ४८ लाख गरी कुल १ एक करोड ३ लाख रुपैयाँको लागतमा निर्मित ८ कोठे भवनको सोमबार उद्घाटन गरिएको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफाले जानकारी दिए।

उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्साका प्रमुख सोनारले विद्यालयमा शैक्षिक गुणस्तरमा अझ सुधार ल्याउन आग्रह गर्दै विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि उक्त विद्यालयलाई चालु आर्थिक वर्षमा थप १ करोड रुपैयाँ बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक, शिक्षक,जग्गा दाता,विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लगायतलाई विगतका दिनमा विद्यालयमा योगदान गरेबापत दोशल्ला ओढाएर कदरपत्र प्रदान गरि सम्मनित पनि गरिएको विद्यालयका प्रधानाध्यापक अजय यादवले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पुरन कुर्मी , मेयर तेली , विद्यालयका पूर्व प्रधानाध्यापक नागेन्द्र ठाकुर लगायतको पनि उपस्थिती थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०८० श्रावण २९,सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०८० श्रावण २९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद