वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट भन्सार छली ल्याइएको चार लाख ४९ हजार बराबरको चक्लेट बरामद गरेको छ ।
बुधबार प्रहरीले वीरञ्ज महानगरपालिका–७ कुम्हालटोल स्थितमा घरकोठा भाडामा लिई अनाधिकृतरूपमा भण्डारण गरिएको चक्लेट बरामद गरेको हो ।
सूचनाको आधारमा खटिएको प्रहरीले चार लाख ४९ हजार ४० रुपैया बराबरको बिभिन्न किसिमको चक्लेटहरु बरामद गरेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।
चक्लेटहरुलाई आवयशक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको गिरीले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस