Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

देशका अन्य महानगर मध्ये वीरगञ्ज महानगरको बजेट खर्च गर्ने क्षमता सबैभन्दा बढि

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २२,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । मुलुकका ६ वटा महानगरपालिकामध्ये वीरगन्ज महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा विनियोजित बजेटमध्ये सबैभन्दा बढि खर्च गरेको छ ।देशका अन्य महानगरपालिका मध्ये वीरगन्ज महानगरपालिकाको बजेट खर्च गर्ने क्षमता सबैभन्दा बढि देखिएको छ ।

गत आर्थिक वर्षमा वीरगञ्ज महानगरपालिकाले ८० प्रतिशत बजेट खर्च गरेको हो ।गत आर्थिक वर्ष २०७९/८० मा वीरगन्ज महानगरपालिकाको बजेट ४ अर्ब ४६ करोडमध्ये ३ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको हो । यो कुल बजेटको ७९ दशमलव ६ प्रतिशत हो ।

वीरगञ्ज महानगरपालिकाको बजेटमध्ये २ अर्ब ५६ करोड रुपैयाँ चालु तर्फ विनियोजन भएको थियो । त्यसमध्ये २ अर्ब २९ करोड खर्च भएको जानकारी महानगरपालिकाका लेखा अधिकृत रुपनारायण राउतले दिए । यो कुल बजेटको ८९ दशमलव ५ प्रतशित हो ।

त्यस्तै पूँजीगत खर्चका लागि १ अर्ब ९० करोड बजेट विनियोजन भएकोमा १ अर्ब २६ करोड रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ६६ दशमलव ३ प्रतिशत हो ।

वीरगञ्ज महानगरले बजेटको स्रोत उपायोग गर्ने स्रोतमध्ये अघिल्लो आर्थिक वर्षको बचतबाट १ अर्ब ६ करोड रुपैयाँ ल्याएको थियो ।

त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य ६० करोड राखेकोमा ५७ करोड असुली गरेको वीरगन्ज महानगरपालिकाले जनाएको छ । यस्तै संघीय सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, सशर्त र विशेष अनुदान महानगरले राखेको लक्ष्य अनुसार प्राप्त भएको राउतले बताए ।

वीरगञ्ज महानगरपालिकाले गत आर्थिक वर्षमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान र सशर्त अनुदान गरी जम्मा १ अर्ब ७० करोड ६२ लाखको राजस्व लक्ष्य राखेको थियो । यस्तै मधेस प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान र सशर्त अनुदानबाट ७ करोड ९८ लाखको लक्ष्य राखेको थियो ।

गत आर्थिक वर्षमा देशकै सबैभन्दा ठूलो बजेट रहेको काठमाडौं महानगरपालिकाको खर्च भने सबैभन्दा कम ३६ प्रतिशतमात्रै हुन सकेको छ ।देशभरका अन्य महानगरपालिकाले खर्च गर्ने क्षमता बढाइरहँदा काठमाडौंको विगत वर्षहरुको तुलनामा पनि खस्केको देखिएको छ ।

विराटनगर महानगरपालिकाको बजेट खर्च पनि अन्य महानगरपालिकाको तुलनामा उत्साहजनक नै देखिएको छ ।विराटनगर महानगरपालिकाले गत आर्थिक वर्षमा ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजारको बजेट ल्याएको थियो । त्यसमध्ये ७६ दशमलव ५४ प्रतिशत अर्थात २ अर्ब ७७ करोड खर्च गरेको हो ।

पोखरा महानगरपालिकाले आफ्नो कुल बजेटको ६१ प्रतिशत खर्च गरेको छ । महानगरपालिकाले ८ अर्ब ८४ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएकोमा ५ अर्ब ४५ करोड ५१ लाख ६८ हजार खर्च भएको हो । यो कुल बजेटको ६१ दशमलव ६६ प्रतिशत हो ।

भरतपुर महानगरपालिकाले ६७ प्रतिशत बजेट खर्च गरेको छ । महानगरपालिकाले ल्याएको ६ अर्ब ५५ करोड बजेटमध्ये ४ अर्ब ३९ करोड खर्च गरेको हो ।

ललितपुर महानगरपालिकाको कुल बजेट ६ अर्ब ३५ करोड ३५ लाखमध्ये ६५ प्रतिशत बजेट खर्च गरेको छ । चालु र पूँजीगत गरी ललितपुरले ४ अर्ब १७ करोड ९३ लाख खर्च गरेको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको काठमाडौ महानगरपालिकांले गत आर्थिक वर्ष सकिँदा जम्मा ९ अर्ब १६ करोड ३३ लाख ७२ हजार मात्रै खर्च गरेको छ । यो ३६ दशमलव ०४ प्रतिशत मात्रै हो, जुन २०७४ मा पहिलोपटक स्थानीय चुनाव भएपछिकै सबैभन्दा कम हो । यसअघिका मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा पाँच आर्थिक वर्षको बजेटको औसत खर्च ४३ दशमलव ३७ प्रतिशत थियो । साभार : अनलाइनखबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०८० श्रावण २२,सोमबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०८० श्रावण २२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद