वीरगञ्ज । पर्साबाट प्रहरी भन्सार छलीका सामानहरु बरामद गरेको छ । जिल्ला प्रहरी कार्यलय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले विभिन्न स्थानबाट सामग्री बरामद गरेको हो । प्रहरीले छोगडा, चियापति, ल्वाङ, बच्चाको रेडिमेट कपडा, सेण्डो, काजु, टिसर्ट भेष्ट, थानको कपडा लगायतका सामान बरामद गरेको हो ।
बरामद सामग्रीको मूल्याङकन दुई लाख पचास हजार कायम गरि आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यलय पठाईएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस