Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विभिन्न मांग राखी अनसनमा बसेका ओझैयालाई वार्तामा आउन गाउँपालिकाको आग्रह

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २०,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न मांग राखी अनसनमा बसेका रामजनम ओझैयालाई अनसन तोडि वार्तामा बस्न आग्रह गरेको छ ।

प्रचलित कानून बमोजिम सूचना मांग गर्दा हामीले सूचना उपलब्ध गराउँदै आएको र भविष्यमा पनि उपलब्ध गराउने समेत गाउँपालिकाले प्रतिबद्धता जनाउँदै वार्तामा आउन ओझैयलाई अनुरोध गरेको छ ।

पत्रकार सम्मेलनमा गाउपालिकाकी उपाध्यक्ष ममता महतोले अनशनरत ओझैयालाई वार्तामा आउन आग्रह गरेकी हुन । पत्रकार सम्मेलनमा उपाध्यक्ष महतोले गाउँपालिकाको वडा नं ३ पश्चिमारी देकुली बस्ने ओझैयाले यस गाउँपालिकाको कार्यालय संग केही माग राखी अन्सन बसेको भन्ने कुरा सामाजिक सञ्जालबाट बुझिन आएकोमा यस गाउँपालिका कार्यालयको ध्यानाकर्षण भएको जनाईन ।

निज के कति कारणले अन्सन बसेको हो ? निजको के – के माग रहेको छ ? सो सम्बन्धमा बुझ्न र पुरा गर्न सकिने जायज मागहरु पुरा गर्न जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रकाश बस्नेत समेतको उपस्थितिमा वार्ताको लागि गाउँपालिकाको प्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव र २ नं वडा अध्यक्ष विजय गैरे लगाएतकाले वार्ताको लागि समन्वय तथा प्रस्ताव राखेकोमा ओझैयाले वार्तामा वस्न नमानेको उनले बताईन ।

गाउँपालिकाको कार्यालयले ओझैयासंग जुनसुकै बेला वार्ता गर्न तयार रहेको र सोको लागि पटक पटक आग्रह गर्दा समेत ओझैयाले बेवास्ता गर्दै आएको संचारकर्मीलाई जानकारी दिईन । अनशनरत ओझैयालाई पत्रकार सम्मेलन मार्फत आफ्नो अनशन तोडी वार्तामा आउन आग्रह गरेकी हुन ।

गाउँपालिकाको कार्यालय कुनै पनि व्यक्ति वा संस्थाले प्रचलित कानून बमोजिम कुनै पनि सूचना माग गर्दा कानूनले तोके बमोजिमको समयमा नै उपलब्ध गराएको र यस पछि पनि माग हुने सूचना उपलब्ध गराउने जानकारी दिईन ।

गाउपालिकाको बेथिती विरूद्ध वीरगञ्जको घण्टाघर अगाड़ी अनशन बसेका ओझैयाको स्वास्थ्य अवस्था बिग्रेपछि नारायणी अस्पतालमा उनको उपचार भईरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० श्रावण २०,शनिबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० श्रावण २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद