Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

तीन पाङ्ग्रे सवारी व्यवस्थित गर्न चेकजाँच कडाई गर्दै वीरगञ्ज महानगर

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २०,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २० साउन  । वीरगञ्ज महानगरपालिकाले दर्ता नभई सञ्चालनमा रहेका तीन पाङ्ग्रे सवारीसाधन (रिक्सा, ई–रिक्सा, अटो रिक्सा¬) लाई कारबाही गर्न सुरु गरेको छ ।

महानगरमा दर्ता विना संचालनमा रहेका यस्ता तीन पाङ्ग्रे सवारीका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई हुने गरेकाले जथाभावी संचालन गर्न रोक्न कारबाही थालेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा महानगरको सडक तथा यातायात व्यवस्था शाखाको संयुक्त टोलीले २ दिनमा ४५ वटा तीन पाङ्ग्रे सवारीलाई कारबाही गरेको छ ।

गएको मंगलबार र बिहीबार २ दिन जाँच गर्न खटिएको टोलीले महानगरमा दर्ता नरहेको, बाटो इजाजत (रुटपरमिट) नलिएको, लाइसेन्स, ब्लुबुक जस्ता महत्वपूर्ण कागजात बिना नै सवारी संचालन गरिरहेको भेटेपछि कारबाही गरिएको महानगरको सडक तथा यातायात व्यवस्था शाखाका प्रमुख इन्जिनियर विजय गुप्ताले जानकारी दिनुभयो ।

४५ वटा सवारीलाई पहिलो पटक भएकाले ५/५ सय जरिबाना तिराएर अबदेखि प्रकृया पुर्याएर मात्रै महानगरमा संचालन गर्न पाउने गरि छाडिएको बताउँदै उहाँले फेरि दोहोरिए ५ हजासम्म जरिबाना गरिने र सवारी नियन्त्रणमा लिने पनि उहाँले बताउनुभयो ।

महानगरका मेयर राजेशमान सिंहले महानगरमा दर्ता रहेकाले मात्रै महानगरमा सेवा दिन पाउने गरी व्यवस्था मिलाउन निर्देशन दिएसँगै गएको साताबाट तीन पाङ्ग्रे सवारी साधन जाँचलाई तिब्रता दिइएको हो ।

महानगरबाहिर संचालन गर्ने भनेर यातायात कार्यालयमा दर्ता भएका तीन पाङ्ग्रेले पनि महानगरभित्रै आएर सेवा दिँदा ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको छ ।

तीन पाङ्ग्रे सवारी साधन अव्यवस्थित रुपमा संचालनमा रहेकाले त्यसलाई व्यवस्थित बनाउन महानगरले अहिले दर्ता प्रकृया रोकेर पहिले दर्ता रहेकालाई व्यवस्थापन गर्न खोजेको इन्जिनियर गुप्ताले बताउनुभयो ।

नगरक्षेत्र भित्र अहिले २ हजार भन्दा बढी तीन पाङ्ग्रे (ई–रिक्सा, अटो रिक्सा) सवारी साधन अव्यवस्थित रुपमा संचालनमा रहेको अनुमान छ । महानगरमा जम्मा ६ सय ७० वटा मात्रै दर्ता रहेर रुट इजाजत लिएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले आफ्नो क्षेत्र भित्रका सवारी तथा यातायात व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएकाले महानगरले त्यही अनुरुप सवारी व्यवस्थापनका लागि कार्यविधि नै बनाएर काम गरिरहेको छ । यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा सरोकारवालाहरुसँग बसेर छलफल गरिसकेको महानगरले त्यति गर्दा पनि व्यवस्थित हुन नसकेपछि अब भने कारबाही नै गर्न सुरु गरेको हो ।

महानगरपालिकामा सवारी दर्ता नगरी सञ्चालन गरेको खण्डमा सवारी चालकलाई प्रथम पटक १ हजार रुपैयाँ जरिवाना तिरेर दर्ता गरेपछि मात्रै सवारी सञ्चालन गर्न पाउने व्यवस्था छ ।

जरिवाना नतिरेसम्म नगरभित्र सवारी सञ्चालनमा रोक लगाउन सकिने कार्यविधिमा स्पष्ट उल्लेख छ । तर पनि व्यवहारिक रुपमा तीन पाङ्ग्रे सवारीलाई कम जरिबाना गरिएको महानगरले जनाएको छ । अटो चलाएरै घर परिवार पाल्नु पर्ने कतिपयको समस्या देखेर नै आफूहरुले जरिबाना पनि कम गरेको उल्लेख गर्दै इन्जिनियर गुप्ताले यसमा पनि अटेर गर्ने प्रबृत्ति बढे व्यवहारिक नहेरी कार्यविधिले तोके बमोजिम गर्न आफूहरु बाध्य हुने बताए ।

यस्तै सवारी साधनले रुट इजाजत पत्र नलिइ सवारी चलाएको खण्डमा पहिलो पटक तत्कालै १ हजार ५ सय रुपैयाँ जरिवाना र दोस्रा पटकका लागि ३ हजार रुपैयाँ जरिवाना गरिने व्यवस्था छ ।

अब हरेक दिन नगरको विभिन्न स्थानमा ट्राफिक प्रहरी, नगर प्रहरी र महानगरको सडक तथा यातायात व्यवस्था शाखाको संयुक्त टोली तीन पाङ्ग्रे (ई–रिक्सा, अटो रिक्सा) सवारी साधन चेकजाँचका लागि खटिने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०८० श्रावण २०,शनिबार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०८० श्रावण २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद