Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा फेरि भेट्यो एक युवकको शव

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण १७,बुधबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा फेरि एक युवकको शव फेला परेको छ । नगवाको नयाँ बस्ती घर भएका ३० वर्षीय नजिम मियाँको शव बुधवार बिहान फेला परेको हो ।

नगवाको बाइपास रोड नजिकै रहेको नेपाल खानेपानी संस्थानको पश्चिमतर्फको सडक छेउमा मियाँको शव फेला परेको इलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक दीपेन्द्र मल्लले जानकारी दिए ।

सडक छेउमा बुधवार बिहान करिब साढे ७ बजे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी नायब निरीक्षक मल्लका अनुसार मादक पदार्थ सेवन गरेका मियाँ आफैँ लडेर उनको मृत्यु भएको हुन सक्ने अनुमान छ ।

मृतकको शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको र शवको पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्ने प्रहरी नायब निरीक्षक मल्लले बताए ।

तिन दिन अघि पनि नगवामै एक युवक मृत अवस्थामा फेला परेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग
आर्थिक

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग

प्रकाशित : २०८० श्रावण १७,बुधबार
बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण
मुख्य समाचार

बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण

प्रकाशित : २०८० श्रावण १७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद