Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा फेरि भेट्यो एक युवकको शव

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण १७,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा फेरि एक युवकको शव फेला परेको छ । नगवाको नयाँ बस्ती घर भएका ३० वर्षीय नजिम मियाँको शव बुधवार बिहान फेला परेको हो ।

नगवाको बाइपास रोड नजिकै रहेको नेपाल खानेपानी संस्थानको पश्चिमतर्फको सडक छेउमा मियाँको शव फेला परेको इलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक दीपेन्द्र मल्लले जानकारी दिए ।

सडक छेउमा बुधवार बिहान करिब साढे ७ बजे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी नायब निरीक्षक मल्लका अनुसार मादक पदार्थ सेवन गरेका मियाँ आफैँ लडेर उनको मृत्यु भएको हुन सक्ने अनुमान छ ।

मृतकको शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको र शवको पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्ने प्रहरी नायब निरीक्षक मल्लले बताए ।

तिन दिन अघि पनि नगवामै एक युवक मृत अवस्थामा फेला परेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज भन्सारमा विचौलिया गिरोहको मनपरी – अवैध असुली, नक्कली कागजात र सुरक्षाकर्मीको मिलेमतो
मुख्य समाचार

वीरगञ्ज भन्सारमा विचौलिया गिरोहको मनपरी – अवैध असुली, नक्कली कागजात र सुरक्षाकर्मीको मिलेमतो

प्रकाशित : २०८० श्रावण १७,बुधबार
बहुअरी टोलमा एसईई उत्तीर्ण ४५ विद्यार्थीलाई विशेष सम्मान, उत्कृष्ट पूनम कुमारीलाई नगद प्रोत्साहन
मुख्य समाचार

बहुअरी टोलमा एसईई उत्तीर्ण ४५ विद्यार्थीलाई विशेष सम्मान, उत्कृष्ट पूनम कुमारीलाई नगद प्रोत्साहन

प्रकाशित : २०८० श्रावण १७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद