Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पशुपतिको शिवलिङ्गको गहना महानगरका मेयरलाई चिनी कारखाना व्यवस्थापनले गर्यो हस्तान्तरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ११,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ११ साउनब । वीरगञ्जको चिनी कारखाना परिसरमा रहेको पशुपतिनाथ मन्दिरको शिवलिङ्गको गहना बिहीबार चिनी कारखाना व्यवस्थापनले महानगर प्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गरेको छ ।

पशुपति मन्दिरको सौन्दर्यकरण गरि श्रद्धालु भक्तजन आउजाउ गर्ने वातावरण बनाएसँगै महानगर प्रमुख सिंहले शिवलिङ्गको गहनाको सम्बन्धमा खोजी गर्नुभएको थियो ।

जस अनुरुप तत्कालिन चिनी कारखाना व्यवस्थापनसँग गहना रहेको जानकारी आएपछि त्यसको व्यवस्थापनलाई मन्दिरको गहना उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । आज एक कार्यक्रमका बीच कारखाना व्यवस्थापनले महानगर प्रमुख सिंहलाई २०५९ सालमा मन्दिरबाट निकालेर राखेको शिवलिङ्गको गहना उपलब्ध गराएको हो ।

चाँदीको मुकुट, चाँदीको कमरबन्द, चाँदीको शंख, चाँदीको पिर्का, चाँदीको खराउ १÷१ थान यस्तै चाँदीको बेलपत्र भएको माला४ थान, मुकुटसँगै लगाउने चाँदीको छाता ५ थान, सुनको पट्टी भएको ४ थान रुद्राक्षको माला चिनी कारखाना व्यवस्थापनले महानगर प्रमुख सिंहलाई हस्तान्तरण गरेको हो ।

चिनी कारखाना व्यवस्थापनबाट प्राप्त गरेको गहना श्रावणी मेलाकै अवसरमा आउँदो सोमबार शिवलिङ्गमा पुनस्थापित गर्ने मेयर सिंहले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।
मुख्य समाचार

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

प्रकाशित : २०८० श्रावण ११,बिहीबार
नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०८० श्रावण ११,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद