Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पानीको हाहाकारबाट बँच्न वीरगञ्ज महानगरको प्रयास, ट्यांकर र टंकीबाट टोलटोलमा पानी उपलब्ध गराउँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ११,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ११ साउन । वीरगञ्जको अधिकांस क्षेत्रमा चापाकल सुकेर पानीको अभाव हुन थालेपछि महानगरपालिकाले विभिन्न वडामा ट्यांकरबाट पानी वितरण गर्ने कार्यलाई तिब्रता दिएको छ ।

महानगरले ट्यांकरबाट पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्यांकी नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो ।

महानगरले वडाहरुमा पानी वितरणका लागि समय तालिका नै सार्वजनिक गरेको छ । नगरवासीको जनजीवन सहज बनाउन महानगरले समय नै तोकेर पानी वितरणका लागि तालिका सार्वजनिक गरेको महानगरका मेयर राजेशमान सिंहले बताउनुभयो ।

विहान ५ बजेदेखि राती ८ बजेसम्म विभिन्न १९ वटा वडामा ट्यांकरमार्फत पानी वितरण गरिरहेको र अन्य वडामा पनि समस्या देखिए पानी उपलब्ध गराउने मेयर सिंहले बताउनुभयो ।

ट्यांकरबाट अहिलेसम्म १९ वटा वटामा दैनिक पानी उपलब्ध गराइरहेको र अहिलेसम्म ७ वटा वडाको विभिन्न स्थानमा अस्थायी ट्यांकी राखिएको छ । यसका साथै खानेपानी संस्थानको पाइपलाईन विस्तार भएका ठाउँको सार्वजनिक स्थानहरुमा खानेपानीको धारा राख्ने कामलाई पनि महानगरले तिब्रता दिएको छ ।

खानेपानीको पाइपलाइन वडा नम्वर १ देखि १७ र १९ मा विस्तार भएकाले ती वडाका सार्वजनिक स्थानमा पानीको धारा राख्ने काम भइरहेको महानगरको खानेपानी शाखाका प्रमुख भोगेन्द्र चापागाईँले जानकारी दिनुभयो ।

जलस्तर तल झरेपछि वीरगञ्जका विभिन्न वडाका हजारौँ चापाकलहरु सुकेका छन् ।

तत्कालै प्राकृतिक रूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले अहिले पानी ट्यांकीमार्फत अस्थायी रूपमा समस्या समाधानको प्रयास गरिरहेको हो ।

यस वर्ष अपेक्षाकृत निकै कम वर्षा भएकाले समस्या आएको हो । ‘यो प्राकृतिक विपत् भएकाले तत्काल पानीको अस्थायी व्यवस्थापनका लागि खानेपानी संस्थानसँगको समन्वयमा सार्वजनिक स्थानमा पानीको धारा जोड्ने काम गरिरहेका छौँ,’ मेयर सिंहले भन्नुभयो, ‘ट्यांकर र टंकी राखेर महानगर आफैँले पानी वितरण गरिरहेको छ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० श्रावण ११,बिहीबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० श्रावण ११,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद