Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रहरी उपरिक्षकको कार्यालयमा बारा प्रहरीकै ज्यादती

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ७,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा । नेपाल प्रहरीको विरुद्धमा जिल्ला प्रहरी कार्यालय बारामा मुद्दा दर्ता गराउने कार्य भएको छ । सर्वदलीय नेतागणले शुक्रबार प्रहरी उपरीक्षक होविन्द्र बोगटीलाई प्रहरी अधिकृतविरूद्ध मुद्दा दर्ता गराउन फाईल बुझाएका छन् ।

कलैया बघवन सडकखण्डमा तीन साताअघि पिकअप भ्यान र मोटरसाइकल दुर्घटनामा परि महागढीमाई नगरपालिका-७ बेनौली निवासी २० वर्षीय सुनिल यादवलाई चोटपटक लागि अस्पताल भर्ना भएका थिए ।

सोही घटनाको विषय लिएर पीडकबाट उपचार खर्च दिलाउने विषयमा गत बुधवार साझ नेपाली कांग्रेसका जिल्ला सचिव भैयाराम यादव र एकीकृत समाजवादीका सह सचिव धुर्व यादव जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

छलफलकै क्रममा प्रहरीसित भनाभन परेपछि प्रहरीले कार्यालयको ढोका बन्द गरेर दुवेलाई निर्घात कुटपिट गरेका थिए । प्रहरीको कुटाइबाट बायाँ आँखा, कान, तिघ्रा, खुट्टा र ढाडमा गहिरो चोट लागेको सचिव यादव बताउछन । उनी उपचारका लागि वीरगन्ज १४ बहुअरीस्थित स्पर्श मल्टीस्पेस्लिटी अस्पतालमा उपचार्थ रहेका छन् ।

डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेय, इन्स्पेक्टर रुपेश साह स्वयं आफैं र उनीहरुको आदेशमा क्राईमका टोलीहरू मिलेर बुट, लठ्ठीले मारेको सचिव यादव बताउँछन् । प्रहरी निरीक्षक साहले सबै नेता दलाल छन् भनेपछि प्रतिवाद गर्न खोज्दा डीएसपी पाण्डेको आदेशमा कपाल तानेर मलाई घाइते बनाएको उनले बताए ।

यी प्रतिनिधी उदाहरण मात्र हुन । प्रहरी उपरिक्षक बोगटीको कार्यालयमा असार ८ गते कलैया २३ का वडा सदस्य राजेश साहलाई गाउकै एक जना महिलाले अनाहकमा गाली गलौज गर्दा अस्थायी प्रहरी पोस्ट शिक्षा गंगापुरका प्रमुख प्रहरी सहायक निरीक्षक बिरेन्द्र यादवलाई जानकारी गराउदा उल्टै गाली गलौज गरि चौकी मै कुटेका थिए । सो घटनामा पनि छानविन गर्न भनेका प्रहरी उपरीक्षक घटना सामसुम परि उद्दण्ड प्रहरीहरूको मनोबल बढाएका थिए ।

त्यस्तै श्रावण १ गते कनपा वडा नम्बर २ मा झै झगडाको विषयमा भईरहेको पञ्चायतीमा दुई पक्षबीच विवाद हुदा मलाई निर्घात कुटपिट गरि अनाहकमा ४ दिन थुनामा राखेर यातना दिएको जनता समाजवादी पार्टीका नगर सचिव उमेश यादवले गुनासो गरेका छन् ।

चोरी पैठारी, हिसा, बलात्कार लगायतको घटनामा बृदि भए पनि प्रहरी उपरीक्षक बोगटी छानविनको नाममा दोषी प्रहरीलाई आश्रय दिनुको साथै जिल्लामा बढ्दै गएको प्रहरीको ज्यादती विरूद्ध नेपाली कांग्रेस र एकीकृत समाजवादी लगायतका राजनीतिक दल तीन दिन देखि चक्काजाम प्रहरी कार्यालय घेराउ जस्ता विरोधका कार्यक्रमहरू गर्दै आएका छन् ।सभार: राजधानी दैनिक

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० श्रावण ७,आईतवार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० श्रावण ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद