Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सडक विस्तारमा अवरोध नगर्न सांसद यादव र मेयर सिंहकाे आग्रह

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ६,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज , ६ साउन । वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनीविर्तामा सडक विस्तारका क्रममा देखिएको समस्यालाई समाधान गर्न सांसद प्रदीप यादव र नगरप्रमुख (मेयर) राजेशमान सिंहले स्थलगत अनुगमन गरेका छन् ।

सडक विस्तार गर्न स्थानीयहरूले अवरोध सृजना गरेको जानकारी पाएसँगै जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतकसमेत रहेका सांसद यादव र मेयर सिंहले स्थलगत अनुगमन गरि स्थानीयहरूसँग छलफल गरेका हुन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने सडक खण्डको विस्तार गर्ने क्रममा स्थानीयहरूले आफ्नो नम्बरी जग्गा पनि परेको भन्दै विवाद खडा गरेका थिए । स्थानीय स्तरमै विवाद सल्टाउन प्रयास गरिए पनि नभएपछि सांसद यादव र मेयर सिंह आफै स्थानीयहरूसँग छलफल गर्न पुगेका थिए ।

छलफलका क्रममा पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले विकास निर्माणको काममा कुनै पनि किसिमको बाधा, अवरोध सृजना नगरी सहयोग गर्न स्थानीयहरूसँग आग्रह गरे । उनले भने, ‘सडकको विकास भए मात्रै गाउँ ठाउँको विकास सम्भव हुन्छ ।’

विकासका निमित्त सडक सबैभन्दा महत्त्वपूर्ण पूर्वाधार भएको बताउँदै उनले भने, ‘सडक राम्रो भए गाउँमा उत्पादन हुने कृषि सामग्रीलाई सहजै बजारसम्म पुर्‍याउन सकिन्छ, पठनपाठनका लागि बालबालिकाहरू सहरका विद्यालयसम्म पुग्न सक्छन्, स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने एम्बुलेन्स र आगजनीका समयमा वारुणयन्त्र सहजै गाउँसम्म पुग्न सक्छ । त्यसैले सडक विस्तारमा हामीले बाधा पुर्‍याउनु भन्दा पनि सहयोग गर्नुपर्छ ।’

त्यस्तै वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले पनि सडक विस्तारमा अवरोध सृजना नगर्न स्थानीयहरूसँग अनुरोध गरे । उनले भने, ‘सडक नै विकासको पहिलो सिँढी हो । सडकको विकास नभएसम्म अन्य विकासका कामहरू अगाडि बढाउन सकिँदैन । त्यसैले सडकका लागि स्थानीयहरूले अवरोध खडा गर्नुभन्दा पनि स्वेच्छाले आफ्नो जग्गा दिनुपर्दछ ।’

मेयर सिंहले अवरोध सृजना गर्नुभन्दा पनि छलफल मार्फत निकास खोज्न आग्रह गर्दै स्थानीयहरूलाई आवश्यक सम्पूर्ण कागजपत्र लिएर महानगरपालिका आउन अनुरोध पनि गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० श्रावण ६,शनिबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० श्रावण ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद