वीरगञ्ज, ४ साउन । वीरगञ्ज र यस आसपासका क्षेत्रमा केहिदिन यता चापाकलहरु सुकेर खानेपानीको समस्या भएपछि यस बारे पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य (सांसद) प्रदीप यादवले सरकारको ध्यानाकर्षण गराएका छन् ।
जसपाका प्रमुख सचेतकसमेत रहेका यादवले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भेटेर वीरगन्जमा निम्तिएको खानेपानीको भयावह स्थिती बारे ध्यानााकर्षण गराएका हुन् ।
त्यसक्रममा पुर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले वीरगन्ज र यस आसपासका क्षेत्रमा केहि दिन यता चापााकल लगायतका पानीको प्राकृतिक श्रोत सुक्दै गएपछि खानेपानीका लागि समेत भयावह स्थिती उत्पन्न भएको प्रधानमन्त्री प्रचण्डलाई जानकारी गरााए । वीरगन्जमा देखिएको पानीको समस्या समाधानका लागि सरकारका तर्फबाट तत्कालै पहल थाल्न उनले प्रधानमन्त्री प्रचण्डसंग आग्रहपनि गरे ।
लगत्तै प्रधानमन्त्री प्रचण्डले संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवलाई आफनो कार्यकक्षमा बोलाएर वीरगन्जमा देखिएको पानीको समस्या समधानका लागि तत्काल कदम चाल्न निर्देशन दिएको सांसद यादवले जानकारी दिए । प्रधानमन्त्रीको निर्देशन अनुसार खानेपानी मन्त्री यादवले पनि वीरगन्जमा देखिएको खानेपानीको समस्या छिटो भन्दा छिटो समाधानका लागि मन्त्रालयले मातहतका निकायहरुलाई तत्कालै काम अगाडि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएको सांसद यादवले बताए ।