Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विद्यार्थीहरूको आन्दोलनमा प्रहरीको हस्तक्षेप, चार जना घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ३१,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा आइतबार बेलुकी राजनीतिक दल सम्बद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले मशाल जुलुस निकालेका छन् । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा केन्द्र बारा जिल्लामा सारिएको विरोधमा नेवि सङ्घ, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनलगायतका विद्यार्थी सङ्गठनहरूले संयुक्त रूपमा मशाल जुलुस निकालेका हुन् ।

विद्यार्थीहरूले निकालेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर बल प्रयोग गर्दा चार जना विद्यार्थी नेता घाइते भएका छन् । घाइते हुनेहरूमा अनेरास्ववियूका जिल्ला सचिव पवन यादव, अनेरास्ववियूकै क्याम्पस इकाई उपाध्यक्ष अरमान हासमी, नेवि सङ्घका बिट्टू पटेल र समाजवादी विद्यार्थी युनियनका हरि यादव रहेका छन् । उनीहरूको नारायणी अस्पतालमा उपचार गरिएको अनेरास्ववियूका वीरगञ्ज महानगर अध्यक्ष आसिफ अहमदले जानकारी दिए ।

आइतबार बेलुकी वीरगञ्जको तीन स्थानबाट एकैसाथ निकालिएको मशाल जुलुस घण्टाघर चोकमा पुग्दा प्रहरीले हस्तक्षेप गरी बल प्रयोग गरेको नेवि सङ्घ पर्साका सभापति रमेश यादवले बताए ।

ठाकुरराम बहुमुखी क्याम्पसको व्यवस्थापन सङ्कायको स्नातक तहको तेस्रो वर्षको परिक्षा त्रिभुवन विश्वविद्यालयले बाराको सिमरामा सारेपछि त्यसको विरोधमा पर्साका विद्यार्थी सङ्गठनहरूले आन्दोलन गर्दै आइरहेका छन् । ठाकुरराम क्याम्पसबाट अन्यत्र सारिएको परिक्षा केन्द्र फिर्ता ल्याउन माग गर्दै विद्यार्थी सङ्गठनहरूले एक हप्तादेखि ठाकुरराम क्याम्पस बन्द गराएका छन् ।

यहीबिचमा परिक्षा केन्द्र सिमरामा सारिएपछि गत सोमबार त्यहाँ परिक्षा दिएर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परि ठाकुरराम क्याम्पसमा अध्ययनरत विद्यार्थी विजय शर्माको मृत्यु भएपछि विद्यार्थीहरू थप आक्रोशित भएका छन् ।

परिक्षा केन्द्र फिर्ता ल्याउनु पर्ने र दुर्घटनामा परि मृत्यु भएका विद्यार्थी शर्माको परिवारलाई क्षतिपूर्ति दिनु पर्ने माग गर्दै आइतबार बेलुकी मशाल जुलुस निकालिएको नेवि सङ्घका सभापति यादवले बताए । आफूहरूको माग पुरा नगरिए आन्दोलन अझ चर्काउँदै लग्ने चेतावनी पनि उनले दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार ३१,आईतवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार ३१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद