Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा ‘गौरैया बचाउ अभियान’ सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ३०,शनिबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । विश्वबाटै लोप हुदै गइरहेको गौरैया (भंगेरा) चराको संरक्षणका लागि वीरगन्जमा एक परोपकारी संस्थाले अभियान थालेको छ ।ज्वाइनिङ ह्याण्डस् फर गुड रिजन ( 4GR ) नामक संस्थले लोपोन्मुख अअवस्थामा रहेको भंगेरा चराको संरक्षणका लागि ‘गौरैया (भंगेरा) बचाउ अभियान’ थालेको हो ।

त्यसका लागि संंस्थामा आबद्धहरुले भंगेरा बस्ने घोसला (गुंड ) बनाएर घरघरमा वितरण गर्न सुरु गरेका छन् । पहिलो चरणमा वीरगञ्ज महानगरपालिकाको सहकार्यमा ५ सय थान घोेसला महानगरका विभिन्न वडाका घरधुरीमा निशुल्क वितरण गर्न थालिएको संस्थाका सदस्य अनिशकान्त कुशवाहाले बताए ।

नेपाल र भारतमा हिन्दु धर्म संस्कृतिमा शुभ संकेतका रुपमा मानिने भंगेरा चरा बासस्थानको अभावमा लोप हुन थालेको अववस्था देखिएपछि उक्त चराको संरक्षणका लागि आाफुहरुले अभियान नै सुरु गरेको उनले बताए ।

कुशवाहाले भने,‘ भंगेरा चरा खासगरि फुसका घरहरुको छाना र पालीमा गुंड बनाएर बस्छ तर बढ्दो शहरीकरणका कारण फुसका घरहरु देखिन छाडे , जताजतै कंक्रीटका घरहरु बन्न थाले, जसका कारण बासस्थान नपाएर भंगेरा चराहरु अहिले लोप हुन थालेका छन् ।

त्यसैले संस्थाले पक्की घरकै बार्दली , झ्याल र भेन्टिलेसन भएका कोठा इत्यादि ठाँउमा राख्न मिल्ने भंगेरा चराले बास बस्न अनुकुल हुने खालको गुंड ((सानोे घर) बनाएर वितरण गर्न थालेको कुशवाहाले बताए ।पहिलो चरणमा महानगरपालिकाको सहकार्यमा ५ सय थान गुंड निशुल्क वितरण गरिने र त्यसपछि इच्छुक व्याक्तिलाइ सशुल्क वितरण गरिने संस्थाका सदस्य कुशवाहाले बताए ।

शुक्रबार वीरगञ्जमा लागेको रात्री बजारमा थापिएको स्टलबाट वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले ५ सय थान गुंडका लागि अर्डर गरेको जानकारी पनि उनले दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार ३०,शनिबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद