वीरगञ्ज । नेपाल प्रौढ संघको आयोजनामा निशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । अशोका पेन्टस् र स्वास्थ्य पत्रकार समूहसँगै किरण आँखा अस्पतालसँगको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो ।
शिविरमा १ सय २४ जनाको आँखा परीक्षण गरिएको स्वास्थ्य पत्रकार समूह पर्साका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिए । उनकाअनुसार परीक्षण गरिएकामध्ये १३ जनामा मोतिबिन्दुको लक्ष्ण फेला परेको छ । चेकजाँच गराउन आएकाहरुलाई आवश्यक्ताअनुसारको औषधी पनि निशुल्क वितरण गरिएको सिंहले बताए ।
शिविरमा किरण आँखा अस्पतालका नेत्र चिकित्सक डा. अरुण कुशवाहसहितको टोलीले आँखा चेकजाँच गरेको थियो । शिविरमा पूर्व सांसद बिमल श्रीवास्तव, मधेश प्रदेशका पूर्व मुख्यमन्त्री एवम् प्रदेश सभा सदस्य लालबाबु राउत गद्दी लगायतको उपस्थिती रहेको थियो ।