Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेस प्रदेशमा निजामती किताबखाना संचालन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २८,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । मधेस प्रदेशमा वैयक्तिक सूचना प्रणाली (पीआइएस) पोर्टल संचालनमा आउने भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवको अध्यक्षतामा बिहीबार जनकपुरधाममा आयोजित एक समारोहका बीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय किताबखाना (निजामती) ललितपुरबीच सम्झौता भएको हो ।

राष्ट्रिय किताबखाना (निजामती) ले सो अवसरमा प्रदेश निजामती किताबखानालाई वैयक्तिक सूचना प्रणाली(पीआइएस) को यूजर आइडी तथा पासवर्ड हस्तान्तरण गरेको छ ।

कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रशासनिक संघीयता कार्यान्वयनमा प्रदेश निजामती किताबखाना संचालनले टेवा पुग्ने विश्वास व्यक्त गरे ।

‘कर्मचारीलाई व्यवस्थापनको लागि काठमाडौँ धाइराख्नुपर्ने बाध्यता समेत यसले हटेर जान्छ’, प्रदेश प्रमुख मिश्रले भने,’कर्मचारीले यस प्रकारको सुविधा अव प्रदेशबाटै लिन पाउने छन् ।’

मुख्यमन्त्री यादवले निजामती कर्मचारी ऐन, प्रहरी ऐन र लोकसेवा सम्बन्धी ऐन ल्याउँदा काठमाडौँमा पराकम्प गएको बताए ।

‘संघीय सरकारले २० वर्षसम्म निजामती कर्मचारी ऐन नल्याए, प्रदेश सरकारले कुरेर बस्न सक्दैन’, उनले भन,’प्रदेश सरकारले आफ्नो अधिकारको प्रयोग गरेर अघि बढ्छ ।’

मुख्यमन्त्री यादवले साउनदेखि प्रदेश किताबखाना संचालनमा ल्याउने निर्णय गरेको भएपनि सो अगावै स्मरण भएको बताए ।

प्रादेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र यादव, नीति आयोगका उपाध्यक्ष नाथु प्रसाद चौधरी, मुख्य न्यायाधिवक्ता विरेन्द्र ठाकुर लगायतले आफ्नो धारणा राखेका थिए ।

सम्झौतामा मधेस प्रदेश सरकारको तर्पmबाट निमित्त प्रमुख सचिव किशोर कुमार चौधरी र राष्ट्रिय किताबखाना(निजामती) का उपमहानिर्देशक सुशीला अर्यालले हस्ताक्षर गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० असार २८,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० असार २८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद