Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जका सम्पूर्ण शैक्षिक संस्था मंगलवार बन्द

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २६,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जका सम्पूर्ण शैक्षिक संस्था आज बन्द भएका छन् ।

संयुक्त विद्यार्थी सङ्गठनले विज्ञप्ति प्रकाशित गरेर आज असार २६ गते वीरगंजका सम्पूर्ण शैक्षिक संस्था बन्द घोषणा गरेको थियो ।

आज वीरगञ्ज सम्पूर्ण संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन ठप्प भएको छ भने केही विद्यार्थीहरुले लिइरहेको परीक्ष्Fा भोलिका लागि सारिएको छ ।

ठाकुर राम बहुमुखी क्याम्पसमा अध्ययनरत पोखरिया नगरपालिका घर भएका विजय शर्माको सोमवार दुर्घटनामा मृत्यु भएको थियो । सोमवार सिमरा कलेजबाट परीक्षा दिएर फर्कने क्रममा नितनपुरस्थित सडकखण्डमा दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

परीक्षा दिएर मोटरसाइकलमा आउने क्रममा नितनपुरमा उनी दुर्घटनामा परेको र उपचारको लागि नारायणी वयोधा अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो ।

ठाराब क्याम्पसका विद्यार्थीहरूले यसपटक पनि परीक्षा केन्द्र बाराको कलैया र सिमरामा राखिएकामा आपत्ति जनाउँदै विरोध गरेका थिए। सो क्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको थियो भने आठजना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विद्यार्थीहरूले होम सेन्टरको माग गर्दै आएका छन् तर केही वर्षदेखि यहाँको परीक्षा सिमरा र कलैयामा लिइँदै आइएको छ । टाढा आवतजावतमा समस्या हुने भन्दै परीक्षा केन्द्रको विरोध भइरहेका बेलामा आज यो दुर्घटना भएर एकजना विद्यार्थीको मृत्यु भएको हो ।

घटनाको विरोधमा ठाकुर राम बहुमुखी क्याम्पसको संयुक्त विद्यार्थी सङ्गठनले प्रदर्शन गरेको थियो । क्याम्पस प्रशासनविरूद्ध ठाकुर राम बहुमुखी क्याम्बसबाट जुलुस निकालेर नगरपरिक्रमा गरिएको थियो । सो क्रममा आक्रोशित विद्यार्थीहरूले सोमवार बजार बन्द गराएका थिए । क्याम्पस प्रमुख मुर्दाबाद, क्याम्पस प्रशासन मुर्दाबाद भन्दै सहभागी विद्यार्थीहरूले होम सेन्टर नराखेका कारण विद्यार्थीको दुर्घटनामा मृत्यु हुन गएको बताए ।

विद्यार्थी नेता निखिल वर्णवालले ठाकुर राममा अध्ययनरत विद्यार्थीहरू सबै सक्षम नभएका र आर्थिक अवस्थाले गर्दा वीरगंजबाहिर केन्द्रमा गएर परीक्षा दिन नसक्ने हुँदा वीरगंज महानगरमैं परीक्षा केन्द्र हुनुपर्ने आफूहरूको मागविपरीत सिमरा र कलैयामा परीक्षा केन्द्र राखिएका कारण आज दुर्घटना भएको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०८० असार २६,मंगलवार
पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण
मुख्य समाचार

पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण

प्रकाशित : २०८० असार २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद