Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरद्वारा ४ जना सम्मानित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २३,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले १३ औं नगरसभाको निर्णय अनुसार ४ जनालाई सम्मान गरेको छ । जग्गादाता प्रेम टिबडेवाल, ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, महानगरका ईन्जिनियर राजीव उपाध्याय र सञ्चारकर्मी एवं सञ्चार उद्यमी ध्रुव साहलाई सम्मान गरेको हो ।

टिबडेवालले ५ करोड मूल्य बराबरको जमिन महानगरलाई दान गरेका थिए । जय प्रकाश खेतानले वीरगञ्जलाई स्वच्छ तथा सफा र हराभरा बनाउने अभियानमा सहयोग गर्दै आएका छन् । बजार क्षेत्रको मुख्य सडकको सरसफाई महानगर कार्यालयले गर्दै आएको छ भने वडाको सरसफाई सरसफाईका लागि आवश्यक सामाग्री र जनशक्ति सहित वडालाई नै जिम्मा दिईएको छ ।

ईन्जिनियर उपाध्याय उज्यालो वीरगञ्ज अभियानमा अहोरात्र खट्दै आएका छन् । उज्यालो वीरगञ्ज अभियान पूर्व नगर प्रमुख विजय कुमार सरावगीको महत्वाकांक्षी योजना थियो । नगर प्रमुखमा राजेशमान सिंह निर्वाचित भएपछि उनले पनि प्राथमिकतामा राखेर काम अघि बढाउन लगाएका थिए । साहले महानगरको काम कारबाही पारदर्शी बनाउन भूमिका निर्वाह गरेको महानगरले जनाएको छ ।

क्लार्क रिसोर्ट गण्डकमा आयोजित कार्यक्रममा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले वीरगञ्जको ऐतिहासिक विरासतलाई जोगाउदै समुन्नत वैभवशाली बनाउन राजनीतिक र प्रशासनिक प्रयास भईरहको बताए । उनले सरकार र जनताबीच जति संवाद भयो त्यति नै सुशासनको सबलीकरण हुने बताए । सम्मान कार्यक्रमपछि रात्री भोजको समेत आयोजना गरिएको थियो । आर्थिक वर्ष २०८० ८१ को नीति, कार्यक्रम तथा बजेट पारित भएको खुशीयालीमा रात्री भोजको आयोजना गरिएको महानगरले जनाएको छ । इसनेसा

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०८० असार २३,शनिबार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०८० असार २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद