Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रासायनिक मलको कालोबजारी गर्ने साह पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २२,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । मलको कालो बजारी गरेको आरोपमा पर्सा प्रहरीले एक व्यवसायीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका – २ निवासी २८ वर्षीय दिपेशकुमार साह रहेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले उपलब्ध गराएको शक्ति युरिया मलको ५० किलोग्रामको बोराबाट पल्टी गरी भारतीय युरिया मलको ४५ किलोग्रामको बोरामा राखी प्याकेजिङ गरी अनधिकृतरूपमा विक्री वितरण गर्दै आएको विशेष सूचनाको आधारमा साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साहलाई बिहीबार बिहान साढे ९ बजेको करिबमा वीरगञ्ज महानगरपालिका – २१ हनुमान मन्दिर चोकबाट उनले सञ्चालन गरेको रासायनिक मल गोदामबाट नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए ।

नेपाल सरकारले किसानलाई राहत स्वरूप वितरण गर्न दिएको साल्ट ट्रेडिङ कार्पोरेशन लिमिटेडको खेती शक्ति युरिया मलको ५० किलोग्रामको बोराबाट बोरा पल्टी गरी भारतीय युरिया मलको ४५ किलोग्रामको राखी प्याकिङ गरी साहले अनधिकृतरूपमा कालो बजारी गरी बिक्री वितरण गर्दै आएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले उनको गोदाममा छापामारी गरेको डिएसपी गिरीले बताए ।

छापामारीका क्रममा साहको गोदामबाट प्रहरीले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको खेती शक्ति युरिया मल ५० किलोग्रामको ४५ वटा बोरा, भारतीय जन उर्वरक परियोजनाको युरिया मल ४५ किलोग्रामको १५ वटा बोरा, युरिया मल ओसार पसार कार्यमा संलग्न वीआर ०१ एएस ३५६३ नम्बरको बजाज प्लाटिना मोटरसाइकल एक थान, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको खेती शक्ति युरिया मल ५० किलोग्रामको ३१ वटा खाली बोरा र भारतीय जन उर्वरक परियोजनाको युरिया मल ४५ किलोग्रामको १६ वटा खाली बोरा बरामद गरेको डिएसपी गिरीले जानकारी दिए ।

साहलाई नियन्त्रणमा लिएर कालो बजारीअन्तर्गत कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको गिरीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०८० असार २२,शुक्रबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०८० असार २२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद