Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अब सवारी लाइसेन्सको राजस्व भुक्तानी अनलाइनबाटै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २०,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को राजस्व भुक्तानी अनलाइनबाटै गर्न मिल्ने भएको छ । पहिलो पटक परीक्षणका रुपमा गण्डकी प्रदेशले यो सेवाको सुरुवात गरेको छ । बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उक्त अनलाइन सेवाको सुरुवात गरेका हुन् ।

उनले यातायात व्यवस्था कार्यालयमा ठूला लाइन र बिचौलियामुक्त गर्ने उद्देश्यले उक्त अनलाइन सेवा सुरु गरेको बताए । साविककै प्रणालीमा सुधार गरी यातायात व्यवस्था विभागले अनलाइनबाटै राजस्व भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको हो । विभागका अनुसार लिखित र ट्रायल परीक्षामा पास भएकाले अनलाइनबाटै राजस्व तिर्न सक्ने छन् । यो प्रणाली पूर्ण रुपमा लागू भएपछि कनेक्ट आईपीएस, ईसेवा, खल्तीजस्ता गेटवेमार्फत लाइसेन्सको राजस्व भुक्तानी गर्न मिल्ने विभागले जनाएको छ ।

अहिले सवारी चालक अनुमति पत्रका लागि दैनिक ६ देखि ७ हजारले आवेदन दिने गरेका छन् । त्यसका लागि राजस्व बुझाउनदेखि स्वास्थ्य परिक्षण गर्नसम्म सेवाग्राही लाइनमा बस्नुपर्ने बाध्यता छ । लाइन बस्नुपर्ने बाध्यता हटाउँदै सेवाग्राहीलाई घरमै सेवा उपलब्ध गराउनेगरी अनलाइन सेवा सुरु गरिएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए । ‘अहिले गण्डकी प्रदेशमा परीक्षणका रुपमा यो सेवा सुरु गरिएको हो,’ उनले भने, ‘यसलाई १५/२० दिन हेरिने छ, त्यसपछिको एक महिनाभित्र सबै यातायात व्यवस्था कार्यालयहरुबाट सेवा सुरु गरिने छ ।’

लिखित परीक्षा दिन, बायोमेट्रिक गर्न र ट्रायल दिन मात्रै यातायात कार्यालयमा भौतिक रूपमा उपस्थित भए पुग्ने महानिर्देशक भट्टराईको भनाइ छ । अनलाइनबाट राजस्व भुक्तानीको सेवा सुरु गरेपछि सेवाग्राहीलाई सहज हुने अनुमान गरिएको गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार २०,बुधबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद