Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरका प्रमुख सिंह र टर्कीका प्रतिनिधिबीच भेट, शिक्षा र कृषिमा लगानी गर्न टर्की इच्छुक

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १९,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १९ असार । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र टर्की सहयोग समन्वय एजेन्सीका दक्षिण एसिया प्रमुख दुर्सान अली यासकानबीच मंगलबार भेटवार्ता भएको छ ।

भेटमा महानगर प्रमुख सिंहले आफूहरु वीरगञ्जको शैक्षिक स्तर वृद्धि गर्न लागि परेको भन्दै त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । नगरको सफाइमा आफूहरु सक्रिय भएर लागेको र परिणाम राम्रै देखिएको भन्दै उहाँले अब शिक्षा क्षेत्रको सुधारका लागि अघि बढेको बताउनुभयो ।

शैक्षिक सामग्री, भौतिक संरचना तथा जनशक्ति अभावमा शैक्षिक क्षेत्र सुधारमा केही अवरोध देखिएको भन्दै महानगर प्रमुख सिंहले त्यसका लागि आवश्यक सहयोगको खाँचो रहेको बताउनुभयो ।

महानगरप्रमुखकै सभाकक्षमा भएको भेटमा समन्वय एजेन्सीका दक्षिण एसिया प्रमुख दुर्सान अली यासकानले वीरगञ्जमा आफूहरु कृषि र शिक्षामा लगानी गर्न इच्छुक रहेको बताउनुभयो ।

उहाँले आफूहरु परिणाममुखी काम गर्न तयार रहेको भन्दै महानगरले कृषि र शिक्षामा आवश्यक प्रस्ताव पेश गरे यथाशक्य सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।

यस अघि एजेन्सीले वीरगञ्ज १४ बहुअरिमा पुनःनिर्माण गरेको सुफा आइडियल एकेडेमीको महानगरप्रमुख सिंहले उद्घाटन गर्नु भएको थियो ।

टर्की सहयोग समन्वय एजेन्सीले उक्त एकेडेमीलाई आवश्यक शैक्षिक सामग्री समेत हस्तान्तरण गरेको छ ।

महानगर प्रमुख सिंहसँग भेट गर्न टर्की सहयोग समन्वय एजेन्सीका दक्षिण एसिया प्रमुख अलीसहित दक्षिण एसिया डेस्क प्रमुख तारिक मेटे, ढाका संयोजक मर्ट बरिस र ओनुर ओजतुर्क आएका थिए ।

महानगरप्रमुख सिंहले टर्कीबाट आएको टोलीलाई आफ्नो कार्यकक्षमा स्वागत गर्नुका साथै मायाँको चिनो प्रदान गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार १९,मंगलवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद