Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अर्घाखाँची पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १९,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पहिरोले घर पुर्दा अर्घाखाँचीमा तीन जनाको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको हाे ।

बिहान करिब ५ बजेतिर स्थानीय गंगा रास्कोटीको घर पहिरोले पुरेको वडाअध्यक्ष कमलप्रसाद पोखरेलले जानकारी दिए । ‘मुचुल्का तयार गर्नका लागि स्वास्थ्य चाैकी लैजाँदै छाैं’ उनले इकागजसँग भने,’तर हामीले मृत्यु भएकाे भनेर पुष्टि गर्न मिल्दैन स्वास्थ्य चाैकीले गर्नेछ ।’ घटनास्थलबाट तीन वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको प्रहरी जनाएको छ । घटनाकाे नेपाल प्रहरी,सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले उ‍द्धार गरिरहेका छन् ।

यता प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जिल्लाभर नै पानी परेकाले सतर्कता अपनाउन आग्रह गरेका छन । उनले जिल्लामा भारी वर्षा भएकाे र केही प्राकृतिक विपत्ति परेमा तत्काल नजिकैको प्रहरी,स्थानीय सरकार र प्रशासन कार्यालयमा खबर गर्न अनुराेध गरेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० असार १९,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० असार १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद