Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

राजवंशीलाई महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १८,सोमबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । महालक्ष्मी विकास बैंकले वीरगञ्जको श्री त्रिभुवन हनुमान माध्यमिक विद्यालयका छात्र जीवन राजवंशीलाई छात्रवृत्ति प्रदान गरेको छ । कक्षा नौमा अध्ययनरत छात्र राजवंशीलाई हिरा गिरी जेहेनदार छात्रवृत्ति प्रदान गरिएको हो ।

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा यो छात्रवृत्ति स्थापना भएको जनाइएको छ । बैंकका सञ्चालक श्यामसुन्दर रुंगटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई छात्रवृत्ति हस्तान्तरण गरेको जनाइएको छ ।

अध्ययनमा उत्कृष्ट, तर पारिवारिक आर्थिक स्थिति कमजोर भएका जेहेनदार विद्यार्थीको अध्यापनमा सहयोग पुर्‍याउने उद्देश्यले ५० हजार रुपैयाँको उक्त छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ । बैंकका सञ्चालक रुंगटाले विद्यार्थीहरू देशका कर्णधार भएकाले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताए ।

विद्यालय व्यवस्थापनका अध्यक्ष गोपाल केडियाले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने कुरा जानकारी गराउँदै बैंकले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार १८,सोमबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार १८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद