वीरगञ्ज । वीरगञ्ज कारागार परिसरमा रहेको समता स्कुललाई एभरेष्ट बैंकले आर्थिक सहयोग गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले समता स्कुल भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनका लागि २ लाख रुपैया आर्थिक सहयोग गरेको हो ।
आइतबार समता स्कुलमै पुगेर एभरेष्ट बैंकका मधेस प्रदेश प्रमुख विभूति न्यौपानेले समता स्कुलकी प्रिन्सिपल अनामिका मिश्रालँई २ लाख रुपैयाको चेक हस्तान्तरण गरे । त्यसअवसरमा न्यौपानेले कैदी बन्दी तथा बिपन्न समुदायका छोराछोरीलाई अंग्रेजी माध्यमबाट शिक्षा दिई रहेको समता स्कुलको दीगो रुपमा सन्चालनको लागि बैंकले सहयोग गर्न पाउदा आफुहरुलाई खुशी लागेको बताए । उनले भविष्यमा पनि संस्थागत तथा बैंकर्सहरुको तर्फबाट स्कु्लको दीगोपनका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रबिद्धता पनि जनाए ।
समता स्कुलकी प्रिन्सिपल मिश्राले समता स्कुल वीरगन्जवासीकै सम्पत्ति भएकाले यसलाई जोगाउनु साझा दायित्व भएको बताइन् । उनले वीरगन्ज मुलुककै आर्थिक नगरी भएपनि यहा सामाजिक काम गर्न अत्यन्त गा¥हो भएको बताइन् ।चेक हस्तान्तरण समारोहमा एभरेष्ट बैंक वीरगन्ज शाखाकी प्रबन्धक सगुन नेपाल,अधिकृत राजेश तन्डुकारका साथै स्कुलका शिक्षिका, विद्यार्थीहरु लगायतकोेपनि उपस्थिती थियो ।