बारा । बारा प्रहरीले भारतीय नम्बरको ट्रकमा लोड गरिएको २ सय ६२ केजी गाँजा शुक्रबार बरामद गरेको छ । भारततर्फ लैजाँदै गर्दा ट्रकसहित गाँजालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम सिंह पाण्डेले जानकारी दिए । ट्रक चालक फरार रहेका छन् ।
प्रहरी नायब उपरीक्षक पाण्डेले ट्रक चालक र कारोबारमा संलग्नसँगै ट्रक धनीको कार्य भइरहेको बताए ।
हेटौंडाबाट वीरगन्ज जाने क्रममा बीआर २५जीए १४५८ नम्बरको ट्रक जीतपुरसिमरा उपमहानगरपालिका-७ अन्तर्गत वीरगञ्ज–पथलैया सडक खण्डमा पार्किङ गरी राखिएको अवस्थामा ट्रकबाट गाँजा बरामद गरिएको हो । ‘विशेष सूचनाको आधारमा गाँजा बरामद गरिएको छ,’ प्रहरी नायब उपरीक्षक पाण्डेले भने ।
आफ्नो प्रतिक्रिया दिनुहोस