वीरगञ्ज । तराई मधेश कानून विद्यार्थी समाजको केन्द्रिय कमिटि गठन भएको छ । काठमाडौँमा मङ्गलबार भएको कानून विद्यार्थीहरूको एक भेलाले आकाश महतोको अध्यक्षमा १३ सदस्यीय कमिटी गठन गरेको हो ।
नवगठित कमिटीको उपाध्यक्ष मुस्कान रौनियार, कोषाध्यक्ष विकास यादव, महासचिव अनिल कुमार साह, सचिव अञ्जली साह, सह सचिव रुपेश कनौजिया, ओम नाथ शर्मा रहेका छन् ।
कमिटीको सदस्यमा धर्मराज यादव, विक्रान्त ठाकुर, जय प्रकाश यादव, आलिया हक, प्रियंका महासेठ र शालिनी साह रहेका छन् ।
भेलाले समाजको ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिमा रिना साह, श्याम साह, राजन महतो, वीरेन्द्र जैसवाल, मनिष रजक रहेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस