Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरले गर्यो इन्टरनेट सेवा प्रदायक ६ वटा कम्पनीलाई जरिबाना

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १०,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १० असार । पटक पटक तार व्यवस्थापनका लागि समय दिँदा पनि अटेर गरेपछि वीरगञ्ज महानगरपालिकाले इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही सुरु गरेको छ ।

महानगरपालिकाले आइतबार विभिन्न ६ वटा इन्टरनेट तथा केबल सेवा प्रदायकलाई कारबाही स्वरुप जरिबाना काटेको छ ।

महानगरपालिकाले तार व्यवस्थापनका लागि काम गरिरहेको र आ–आफ्नो तार व्यवस्थापनका लागि पटक पटक समय दिँदा पनि अटेर गरेपछि बाध्य भएर कारबाही प्रकृयामा जानु परेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकार दिनुभयो ।

महानगरले आइतबार इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनी वल्र्ड लिंक, भायोनेट, क्लासिक टेक, सुविसु र डिसहोमलाई कारबाही स्वरुप २५÷२५ सय रुपैयाँ जरिबाना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, ओमआश्रम लगायतका स्थानमा केही दिन अघि आगलागी हुँदा ती कम्पनीका तार सडकमै असरल्ल खसेर जोखिमपूर्ण अवस्थामा रहेको जानकारी दिएर हटाउन आग्रह गर्दा पनि सम्बन्धित कम्पनीले हटाउन चासो नदिएपछि महानगरले उनीहरुलाई कारबाही गरेको हो ।

पोलमा गुजुल्टो पारेर जथाभावी टांगिएको तारका कारण आगलागीका घटना पनि बढीरहेकोछ ।

महानगरले तार व्यवस्थापनमा लामो समयदेखि काम गरिरहेको भए पनि नतिजा हात पार्न सकेको छैन । सम्बन्धित कम्पनीको असहयोगका कारण तार व्यवस्थापन जटिल बनेको छ । यसले सहरी सौन्दर्यलाई समेत असर गरिरहेको छ ।

जुनसुकै स्थानबाट जथाभावी तार तान्ने कामलाई निरुत्साहित गर्न महानगरले पटक पटक सम्बन्धित कम्पनीहरुलाई चेतावनी दिएको भए पनि अटेर गर्दै पोलमा तार झुण्ड्याउने क्रमलाई जारी राखेको छ । अब कम्पनीहरुले पूर्व स्वीकृति बेगर तार तान्ने र जथाभावी झुण्ड्याउने गरेको भेटिए कडाइका साथ कारबाही गर्ने गरि महानगर जुटेको महानगरको सूचना प्रविधि शाखाका बृजेश प्रधानले बताउनुभयो ।

आज पहिलो पटक सेवा प्रदायकलाई २५ सय जरिवाना गरिएको र अर्को पटकबाट भने जरिबानाको अंक पनि बृद्धि हुने उहाँले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०८० असार १०,आईतवार
पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण
मुख्य समाचार

पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण

प्रकाशित : २०८० असार १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद