Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा पनि जन्मसिद्धका सन्तानले पाए वंशज नागरिकता

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १०,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नयाँ नागरिकता ऐनअनुसार पर्सामा पनि नागरिकता बितरण गर्न शुरु गरिएको छ। नयाँ नागरिकता ऐनअनुसार आइतबारदेखि जिल्लामा जन्मसिद्धका सन्तानलाई वंशजको आधारमा नागरिकता बितरण गर्न शुरु गरिएको हो।

पर्सामा पनि शुक्रबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर नयाँ नागरिकता ऐनअनुसार नागरिकता बनाउँदा चाहिने कागजातबारे जानकारी दिएको थियो। जसअनुसार कागजात पुगेका जन्मसिद्धका नागरिकलाई वंशजको आधारमा नागरिकता बितरण गर्न थालिएकाे हो।

आइतबारबाट जन्मसिद्धका सन्तानले नागरिकता पाउने भएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिनेहरुको भीड नै लागेको थियो। लामो समयसम्म अनागरिक भएर बसेका जन्मसिद्धका सन्तान नागरिकताको लागि जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि लाइनमा बसेका थिए।

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा नयाँ नागरिकता ऐनअनुसार जन्मसिद्धका सन्तानलाई नागरिकता दिनको लागि टोकन प्रणाली लागू गरेको छ। यसअघि गत शुक्रबार नै एक सय भन्दा बढी जन्न्मसिद्धका सन्तानहरुले नागरिकता पाउनको लागि फर्म भरेका थिए।

फर्म भरेका उनीहरुले आईतबार’ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गरेका छन् ।लामो समयसम्म आफुले नागरिकता नपाउँदा ब्यापार ब्यावसाय,बैंक खाता खोल्न लगायतका कुनै पनि कामहरु गर्न नसकेको वीरगञ्ज वडा नं १६ नगवा घुसूकपुर टोलका वरुण चौबेले जानकारी दिए।

उनले लामो समयको पर्खाईपछि नागरिकता पाएपछि आफु निक्कै खुशी लागेको बताए। ‘पहिला त नागकिरता नहुँदा एउटा सिमकार्डसमेत लिन सकेको थिईन,नागरिकता नपाउँदा त कहीँ पनि जान पाइँदैन थियो,उनले भने,मैले ब्यापार गर्दा मेरो नामले एउटा बैंक खातासमेत खोल्न सकेको थिईन आमाको नाममा खोलेर आमालाई नै लिएर बैंक जानुपर्थ्यो,अब समस्या समाधान भयो।’

‘नागरिकता नहुँदा कसैलाई म कहाँको नागरिक हु भनेर कसैले सोधे भने के भन्ने जस्तो लाग्थयो अब त्यस्तो हुदैन नागरिकता पाए मैले,उनले खुशी हुँदै भने,खुशी त म भन्नै सक्दिन अब एजुकेशनको लागि हाई लेभल पढन सक्छु जागिर गर्न सक्छु ।’लामो समयदेखि नागरिकता नहुँदा बिबिएसको अध्यन गरिरहेका वीरगञ्जका भिम चौबेले नागरिकता पाएपछि बाहिर गएर पढन तथा जा गर्नमा समस्या नहुने जानकारी दिए।

उनले नागरिकता नभएकै कारणले एक पटक कारखानामा लेखापालमा लागेको जागिर समेत नपाएको गुनासो सुनाउदै नागरिकता पाएपछि जहाँ पनि जागिर पाउन सकिने जिकिर गरे । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी मुद्दामा गत बिहीबार अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने आदेश दिएसँगै नागरिकतासम्बन्धी विवाद टुंगिएसँगै जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता पाउने बाटो खुलेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०८० असार १०,आईतवार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०८० असार १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद