Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज कारागार सुधारगृह नभइ यातनागृहमा परिणत हुँदैछ : पूर्वमन्त्री यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ८,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ८ असार । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभभा सदस्य (सांसद्) प्रदीप यादवले आफू सत्तारुढ दलको सांसद् भएपनि सरकारले मनलाग्दी गर्दा त्यसको पक्षमा ताली नबजाउने बताएका छन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा जसपाको प्रमुख सचेतकसमेत रहेका यादवले जसपा सत्तारुढ दल भएपनि सरकारको गलत कामको विरोध गर्ने बताए ।

निजगढ अन्तराष्ट्रिय विमानस्थलको प्रसङ्ग झिक्दै पूर्व वनमन्त्रीसमेत रहेका यादवले भने, ‘सरकारले वास्तवमै निजगढ अन्र्तराष्ट्रिय विमानस्थल बनाउन चाहेको छैन, यसमा सरकारले दोहोरो चरित्र देखाइरहेको छ ।’

आगामी आर्थिक वर्षको बजेटमा सरकारले निजगढ विमानस्थल निर्माणका लागि १२ करोड १० लाख रुपैयाँ मात्रै विनियोजन गरेको भन्दै यादवले भने, ‘१२ करोड १० लाख बजेटले विमानस्थल बन्छ त ? नबनाउने नियत नै हो भने यति थोरै रकम विनियोजन गरेर नाटक किन गरेको सरकारले ? यसतर्फ म नागरिक उड्ययन तथा पर्यटनमन्त्रिको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद् यादवले वीरगञ्ज कारागार सुधारगृह नभई यातना गृह भएको टिप्पणीपनि गरे । क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको र भौतिक संरचनापनि अत्यन्त जीर्ण भइसकेको वीरगञ्ज कारागार सुधारगृह नभइ यातना गृह बनेको उनले दोहोर्‍याए । यादवले भने, ‘यस बारे सदनमा मैले यसअघिपनि सरकारको ध्यानाकर्षण गराइएको थियो । तर नयाँ बजेटमा वीरगञ्ज कारागारको स्तरोन्नत्ती बारे एक रुपैयाँपनि रकम विनियोजन गरिएको छैन । वीरगञ्जसँगै देशभरका कारागारहरुको अवस्था दयनीय हुदाँपनि गृहमन्त्रीको ध्यानाकर्षण हुन नसक्नु दु:खद भएको यादवले बताए ।

हालै चीनको भ्रमण गरेर फर्किएका जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका यादवले चीनसँग जोडिएको नेपालको सीमामा नेपाली सुरक्षाकर्मीको पोष्ट खाली रहेको अवस्थामा भेटिएको बताए । उनले भने, ‘हालै चीन भ्रमणमा हामी सांसद्हरुको टोली गएका थियौं । हुम्लाको हिल्सा नाकामा पुग्दा त्यहाको पोष्ट खाली थियो, एकजनापनि प्रहरी थिएनन् । संवेदनशील नाकामा यस्तो चरम लापरवाही किन ? भन्दै उनले गृहमन्त्रीसँग प्रश्न गरे ।

यादवले चीनका नाकामा खटिएका नेपाली सुरक्षाकर्मीहरुको सेवासुविधा र बन्दोवस्तीमा सरकारले ध्यान नदिएका कारण त्यहाका नेपाली प्रहरीहरु अत्याधिक चिसोले पोष्ट छाडेर अन्तै गएर बस्ने गरेको अवस्था पाइएको यादवले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार ८,शुक्रबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद