Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण आइतबारदेखि

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ८,शुक्रबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । राष्ट्रपतिले प्रमाणीकरण गरेकाे नयाँ नागरिकता ऐन अनुसार पर्सामा नागरिकता वितरण कार्य आगामी आइतबारदेखि सुरु गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले गत जेठ २१ गतेनै सुचना निकालेर जेठ २२ गतेदेखि नै नयाँ नागरिकता ऐन अनुसार नागरिकता वितरण गरिने जनाएकाे थियाे ।तर उक्त ऐन विरुद्ध सर्वाेच्च अदालतमा रिट परेपछि नयाँ नागरिकता ऐेन अनुसार नागरिकता वितरण सुरु नहुदै राेकिएकाे थियाे ।

बिहीबार सर्वाेच्च अदालतले नागरिकता ऐन नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि नयाँ नागरिकता ऐन कार्यान्वयनकाे बाटाे खुल्ला भएकाे हाे ।त्यहि कारण जिल्ला प्रशासन कार्यालय पर्साले नयाँ नागरिकता ऐन अनुसार जन्मसिद्ध नागरिकका सन्तानसहितका नागरिकताविहीनहरुलाई नागरिकता वितरण कार्य आइतबारदेखि सुरु गर्ने तयारी गरेकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेलले जानकारी दिए ।

उनले जेठ २१ गते जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेकाे सुचनामा उल्लेख गरिएका कागजातहरु लिएर कार्यालयमा आइतबारदेखि सम्पर्क गर्न लक्षित सेवाग्राहीलाई आग्रहपनि गरे ।

जन्मसिद्ध नागरिकको सन्तानकाे हकमा बुबा आमा दुवैकाे सक्कल नेपाली नागरिकता र त्यसकाे प्रतिलिपी , वडाअध्यक्षकाे सिफारिससहितकाे अनुसुची र फारम, सक्कल जन्मदर्ता र शैक्षिक याेग्यताकाे प्रमाणपत्र , बाबू आमा , सन्तानबिचकाे फाेटाेसहितकाे सक्कल नाता प्रमाणीत , बसाईसराई गरि आएकाहरुकाे हकमा बसाईसराई प्रमाणपत्र लगायतका कागजपत्रहरु अनिवार्य रुपमा लिएर कार्यालयमा आउनु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी पाैडेलले बताए ।

नागकिरता वितरणका लागि वडा कार्यालयलाई सिफारिस गरिदिन जिल्ला प्रशासन कार्यालयले सबै पालिकालाई पत्राचार गरिसकेको उनले बताए । सभार : मधेस खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार ८,शुक्रबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद