वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री फरमुल्लाह मंसुरलाई फुलको गुच्छा तथा खादा ओढाई स्वागत गर्नु भयो।
पुर्व मन्त्री फरमुल्लाह मंसुरले बाराको जीतपुर सिमरा उपमहागरपालिका वडा नं ७ मा रहेको सञ्जीवनी बाटिका (वृद्धा आश्रम) को बारेमा विशेष कुराकानी गर्नुको साथै वृद्धि आश्रमलाई प्रभावकारी बनाउने र योगदानको बारेमा उप प्रमुख आलमसंग आग्रह गर्नु भएको थियो।
सञ्जीवनी वाटिका(वृद्धा आश्रम) जीतपुरका अध्यक्ष समेत रहनु भएका पूर्व मन्त्री फरमुल्लाह मन्सुरले भने करिब एक करोड रुपियाँको लागतमा निर्माण गरिएको वृद्धा आश्रम भवन सवा ८ कठ्ठा जग्गामा रहेको छ । एक सय जनासम्म जेष्ठ नागरिकहरुलाई राख्ने क्षमता रहेता पनि हाल १५ देखि २५ जनासम्म राख्ने योजना रहेको बताए । बिरगंज महानगर पालिकाका उप प्रमुखले भने म संग हुने सहयोग आश्रमको लागि गर्ने छु आउने दिनहरुमा आश्रमको लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । त्यसै गरि
भेटघाटको क्रममा नेपाली कांग्रेसका नेता कालू सिंह,कोपिला चौरसिया, धर्मराज यादव,प्रिति सिंह लगायतकाहरुको उपस्थित रहेको बिरगंज महानगर पालिकाका उपप्रमुखका प्रेस सल्लाहकार महमद सद्दाबले जानकारी दिनु भयो ।