Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जबाट पल्सर मोटरसाइकल चोरेर भागेका २ जना चितवनमा पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ७,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जबाट पल्सर मोटरसाइकल चोरीगरि भागेका २ जनालाई पर्सा प्रहरीले चितवनको राप्तीबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दीपक गिरीका अनुसार वीरगञ्ज वडा नं .९ रानीघाट बस्ने बर्ष २९ का सोनु पटेलको प्रदेश २(०३(००७ प ३५५० नम्वरको पल्सर मोटरसाइकल पार्किङ गरेको ठाउँबाट चोरी भएको थियो ।

मोटर साइकल चोरी भएपछि घटना संलग्न चोरहरुको हुलिया सहित सोनु पटेलले जिल्ला प्रहरी कार्यालय पर्सामा चोरी कार्यमा सम्लग्न २ जनाको नाम सहित किटानी जाहेरी दिएका थिए । प्रहरीले उनको जाहेरीको आधारमा खोजतलाश गर्दा मोटरसाइकल सहित चोरी कार्यमा संलग्न भएका दुई जनालाई चितवनबाट पक्राउ गरीएको प्रहरी नायव उपरिक्षक गिरीले बताउनु भयो ।

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका वडा नं. १३ बस्ने बर्ष २८ का मनिष प्रजा र सोही ठाउँ बस्ने बर्ष २० का राजु प्रजालाई प्रहरीले चोरी भएको मोटरसाइकल सहित उनीहरुको घरबाट पक्राउ गरेको हो ।

उनीहरु चितवनमा भएको सूचनाको आधारमा इलका प्रहरी कार्यालय खैरहनी चितवनको सहयोगमा घरबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक गिरीले जानकारी दिनु भयो ।

पक्राउ परेका २ जनालाई प्रहरीले चोरी सम्वन्धि कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत पर्साबाट आजै ५ दिनको लागि म्याद थप अनुमति लिइएको डिएसपी गिरीले जानकारी दिनु भयो ।

उनीहरुले मोटरसाइकलको लक तोडेर पल्सर मोटरसाइकल लिएर भागेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०८० असार ७,बिहीबार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०८० असार ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद