वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर २ मा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी अन्र्तगत ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रले वीरगञ्ज सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा आँखा शिविरको आयोजना गरेको हो ।
शिविरमा १ सय ७ जनाको आँखा परीक्षण गर्दा १७ जनामा मोति बिन्दुको लक्ष्ण देखिएको सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिए ।
धामिकाअनुसार मोतिबिन्दु भएकाहरुको आज निशुल्क रुपमा शल्यक्रिया हुँदैछ । शिविरमा धामीसँगै नेत्र चिकित्सक नयन यादव लगायतको टोलीले आँखा चेकजाँच गरेको थियो ।
शिविरको उद्घाटन गर्दै पर्सागढी नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष बिरेन्द्र प्रसाद महतो थारुले गाउँबासीलाई वडामै चेकजाँच गराउने लक्ष्यअनुरुप शिविर सञ्चालन गरिएको बताए ।