वीरगञ्ज । स्रोत नखुलेको नेपाली रुपैया सहित बाराका मदन कुमार मिश्र पक्राउ परेको छ । बारा जिल्ला कलैया उ.म.न.पा. १० मटिअर्वा सीमा नाकामा स.प्र.बल नेपाल नं. १२ गण हे.क्वा. बारा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको सप्रनाउ सुमन बोगटीको कमाण्डमा रहेको टोलीले विषेश सुचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको ना ३७ प ९७३५ नम्बरको मो.सा. मा जिल्ला बारा कलैया उ.म.न.पा. ८ बस्ने बर्ष ४५ को मदन कुमार मिश्रको साथबाट स्रोत नखुलेको नेपाली रुपैया ७,०६,७२५/- नगद पक्राउ गरी निज व्यक्ति र मो.सा. समेत नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रकृयमा रहेको १२ न. गण हे. क्वा. बाराले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस