Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगर : बजेटमा सबैको अपनत्व दिलाउने प्रयास

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ५,मंगलवार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ५ असार । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति, बजेट तथा कार्यक्रमका लागि यहाँका राजनीतिक दलका प्रतिनिधिसँग सुझाव लिनु भएको छ ।

आगामी आवको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि सोमबार सबै राजनीतिक दलका प्रतिनिधिबाट राय सुझाव लिइएको महानगर प्रमुख सिंहले बताउनुभयो ।

बुधबार नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको महानगरले बजेटमा सबैको अपनत्व बनाउन यहाँ प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिसँग राय सुझाब लिएको हो ।

वीरगञ्ज बनाउन सबै लाग्नु पर्ने भएकाले बजेटमा सबैको सुझाव र सल्लाह समेट्न खोजिएको महानगर प्रमुख सिंहले बताउनुभयो ।

राजनीतिक दलका प्रतिनिधिहरुले सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय दिएका छन् ।

नेपाली कांग्रेस वीरगञ्ज महानगर सभापति मणिन्द्रलाल श्रेष्ठले ट्राफिक समस्या समाधान गर्न विभिन्न स्थानमा स्काई बिज्र बनाउनु पर्ने, पछि जोडिएका वडाहरुमा सडक संजाल विस्तार गर्नुपर्ने लगायतका सुझाव दिनुभयो ।

नेकपा एमाले वीरगञ्ज महानगर कमिटीका अध्यक्ष राजेन्द्र प्रसाद यादवले अहिले पानीको विकराल समस्या देखिएकोले यसको समाधानका लागि दीर्घकालिन उपाय खोज्न आग्रह गर्नुभयो ।

नेकपा एसका वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरीले सबै राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर सुझाव लिने परम्परा थालेकोमा महानगरप्रमुख सिंहलाई धन्यवाद दिनुभयो ।

उहाँले वीरगञ्जको लाइफलाइनको रुपमा रहेको सिर्सिया नदी सफाईलाई प्राथमिकता दिँदै नदीको राइट अफ वे छुट्याएर करिडोर निर्माण गर्न आग्रह गर्नु भयो ।

जनमत पार्टीका पर्सा संयोजक ओमप्रकाश सर्राफले स्थानीय सरकारले स्थानीय उत्पादनको पहिचान गरेर ब्राण्डिङ गर्दै आयआर्जनलाई व्यवसायिकरण बनाउने गरि बजेट व्यवस्था गर्न माग गर्नुभयो ।

महानगरले गर्ने काम परदर्शी हुनु पर्ने भन्दै उहाँले जनसंख्या र भूगोलको आधारमा वडामा बजेट विनियोजन गर्न पनि सुझाव दिनुभयो ।

जसपाका नगरकमिटी अध्यक्ष इश्वरचन्द्र यादवले पानीको समस्या समाधान गर्न घरबाट निस्कने पानी सोझै नालामा नभई भूमिगत पानीको पुनर्भरणका लागि घरमा व्यवस्था मिलाउन पर्ने सुझाव दिनुभयो ।

महानगर प्रमुख सिंहले वीरगञ्जको विकास र समृद्धिका लागि हरेक महिना सबै राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्दै आउनुभएको छ ।

महानगर प्रमुख सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि, महानगर प्रमुखका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार ५,मंगलवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद