वीरगञ्ज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ बिरगंज पर्साको आयोजनामा चिसो पानी तथा सर्बत बितरण गरिएको थियो ।
सामुदायिक सेवा केन्द्र छपकैया -२ का कोषाध्यक्ष श्रीमती प्रेम कुमारी सिंहको अध्यक्षतामा तथा वडा समिति कार्यालय वडा न.२ का कार्य बाहक वडा अध्यक्ष श्रीमती संगीता थापाको प्रमुख आतिथ्यमा सोमबार दिउँसो १२ बजे देखि छपकैया प्रहरी बिट अगाडि गर्मीमा बाटोमा हिड्ने बटुवा तथा रिक्सावाला, ठेलावाला र ईरिक्सामा सवार व्यक्थरुलाई रोकाई चिसो पानी र सर्बत बितरण गरिएको थियो ।
सो चिसो पानी बितरण कार्यक्रममा महिला वडा सदस्य रम्भा देबि , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिदुर प्रसाद सिवाकोटी , सामुदायिक सेवा केन्द्रका सदस्य अजित भुजेल , मो. साहेब , प्रहरी हवल्दार देवेन्द्र पटेल लगायतको उपस्थिति रहेको थियो ।